Trending
Prev Story
Next Story

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

Onlinekhabar •
November 15, 2026 • 12:01 PM
4
4 reads 0 reactions

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना …

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

आइतबार छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र राष्ट्रिय शक्ति हो,’ उनले भने, ‘छठजस्ता मौलिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।’ मुख्यमन्त्री थापामगरले छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको बताए ।

तराई–मधेसबाट सुरु भई हाल हिमाल, पहाड र तराई सबैतिर उत्तिकै श्रद्धाका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई जीवन्त राखेको बताउँदै उनले राष्ट्रिय पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
छठ पर्वले राष्ट्रिय एकता र सद्भावको भावना अभिवृद्धि गर्छ : उपराष्ट्रपति यादव

छठ पर्वले राष्ट्रिय एकता र सद्भावको भावना अभिवृद्धि गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

#एकता #पर्व #अभिवृद्धि
Compare →
Nagarik News
5h ago
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ: प्रदेश प्रमुख भट्ट

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ: प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पु¥याउने बताएका छन् ।

#एकता #पर्व
Compare →
Bizshala
11h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#पर्व #छठको
Compare →
Ekantipur
22h ago
उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात पहिलो त्रैमासमा २३.८५ प्रतिशत बढ्यो

उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात पहिलो त्रैमासमा २३.८५ प्रतिशत बढ्यो

नेपालमा उच्च मूल्य अभिवृद्धि हुने र तुलनात्मक लाभ बढी भएका वस्तुको निर्यात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३.८५ प्रतिशतले बढेको छ ।

#अभिवृद्धि
Compare →
Arthasansar
23h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612