Trending
Prev Story
Next Story

उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात पहिलो त्रैमासमा २३.८५ प्रतिशत बढ्यो

Ekantipur •
November 14, 2026 • 02:02 PM
2
2 reads 0 reactions

नेपालमा उच्च मूल्य अभिवृद्धि हुने र तुलनात्मक लाभ बढी भएका वस्तुको निर्यात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३.८५ प्रतिशतले बढेको छ ।

उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात पहिलो त्रैमासमा २३.८५ प्रतिशत बढ्यो

नेपालमा उच्च मूल्य अभिवृद्धि हुने र तुलनात्मक लाभ बढी भएका वस्तुको निर्यात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३.८५ प्रतिशतले बढेको छ ।

काठमाडौँ — ठूलो अलैंची, फलाम तथा स्टिल, जुटजन्य वस्तु, तयारी पोसाक, पस्मिना र गलैंचाको निर्यात बढ्दा उच्च मूल्यका वस्तुको निर्यातमा वृद्धि, खाद्यतेलको पुनः निर्यातले समग्र निर्यात ५७ प्रतिशतले बढ्यो

नेपालमा उच्च मूल्य अभिवृद्धि हुने र तुलनात्मक लाभ बढी भएका वस्तुको निर्यात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३.८५ प्रतिशतले बढेको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०२३ मा समेटिएका वस्तुहरू ठूलो अलैंची, फलाम तथा स्टिलजन्य वस्तु, जुट तथा जुटका सामग्री, तयारी पोसाक, पस्मिना सल, गलैंचालगायतको निर्यात बढेको हो । यी वस्तुको निर्यात चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ३६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात २९ अर्ब ५९ करोड रुपैयाँ बराबर थियो ।

तर, पहिलो त्रैमासमा नेपालको समग्र निर्यात भने ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । खासगरी सोयाविन, भटमास र सूर्यमुखी तेललगायत खाद्यतेलको पुनः निर्यातका कारण समग्र निर्यातमा उच्च वृद्धि देखिएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले खाद्यतेल मात्र ५८ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

व्यापार विज्ञका अनुसार नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन र प्याकेजिङ गरी विभिन्न बजारमा पुर्‍याउन सके निर्यात अझै बढ्ने बलियो सम्भावना छ । ‘पछिल्लो समय विश्व बजारमा वस्तुको मूल्य बढेको छ । अमेरिकी डलर पनि बलियो भएको छ । यसले निर्यातको मूल्य बढाउन योगदान गरेको हुन सक्छ,’ व्यापार विज्ञ रविशंकर सैंजुले भने, ‘पछिल्ला महिनामा उत्पादकले भारतबाहेकका बजारमा पनि आफ्नो व्यापार विस्तार गर्न खोजेको हुन सक्छन्, जसले निर्यात वृद्धिमा थप योगदान पुगेको हुन सक्छ ।’

नेपालले ठूलो अलैंची, अदुवा, कुकुरका लागि बनाइने चपाउने सामग्री (डग च्यु) र जडीबुटीलगायत कृषि उत्पादनलाई प्रशोधन तथा प्याकेजिङ गरेर निर्यात गर्न सके उल्लेख्य वृद्धि हासिल गर्न सक्ने सैंजुको भनाइ छ । ‘हाम्रो प्रमुख रणनीति बजार र उत्पादन दुवैमा विविधीकरण हुनुपर्छ,’ उनले थपे । एनटीआईएसमा समेटिएका वस्तुमध्ये समीक्षा अवधिमा ठूलो अलैंची, डग च्यु, कपडा, जुत्ता, अदुवा, फलाम तथा स्टिलजन्य वस्तु, जुट तथा जुटका सामग्री, नेपाली हस्तनिर्मित कागज, तयारी पोसाक, रेजिन, चिया, पस्मिना, गलैंचा, ऊनको रेसा (फेल्ट) का सामग्री, धागो, तरकारी, मसला, कफी, पास्ता, मह तथा सुनचाँदीका गरगहनाको निर्यात बढेको छ ।

यस्तै, यस वर्षको पहिलो त्रैमासमा ठूलो अलैंचीको निर्यात ५३.१९ प्रतिशतले बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा १ हजार ४ सय ४९ टन अलैंची निर्यात भएको छ । विश्व बजारमा आपूर्ति सीमित हुनु, मूल्य तुलनात्मक रूपमा स्थिर रहनु र दक्षिण तथा पश्चिम एसियाका बजारमा माग कायम रहनुले नेपाली ठूलो अलैंचीको निर्यात मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

अघिल्ला वर्षमा जस्तो यस वर्ष मूल्यमा ठूलो उतारचढाव नआएर प्रतिकिलो करिब २ हजार ५ सय रुपैयाँमा स्थिर रहँदा किसानले मूल्य अझै बढ्ने आशामा उत्पादन भण्डारण गरेर राख्नुभन्दा बिक्री गर्न थालेका छन् । नेपाली ठूलो अलैंचीको प्रमुख बजार भारत हो । नेपालको कुल ठूलो अलैंची निर्यातमध्ये करिब ९९ प्रतिशत भारत जाने गरेको छ । भारतबाट यो पाकिस्तान र मध्यपूर्वका देशमा पुनः निर्यात हुन्छ । नेपाली अलैंचीको विशिष्ट स्वाद र गुणस्तरका कारण ती बजारमा यसको राम्रो मूल्य पाइन्छ । गत आर्थिक वर्ष नेपालले १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको ६ हजार ३ सय ९५ टन ठूलो अलैंची निर्यात गरेको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा डग च्युको निर्यात ७७.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको यस्तो सामग्री निर्यात गरेको थियो । नेपाली डग च्युको माग अमेरिका, क्यानडा र अन्य देशमा बढ्दै गएको जानकारहरू बताउँछन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कपडाको निर्यात ४१.०५ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कपडा निर्यात गरेको थियो ।

यस अवधिमा जुत्ताको निर्यात ३२.१७ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष यस्तो निर्यात ३ अर्ब १९ करोड रुपैयाँ थियो । नेपालबाट अदुवाको निर्यात ३८.०३ प्रतिशतले बढेर २४ करोड ९३ लाख ६० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा ३ हजार ४ सय ७४ टन अदुवा निर्यात भएको छ । गत आर्थिक वर्ष नेपालले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १७ हजार २ सय ५४ टन अदुवा निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ३६९.४२ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले ६ अर्ब १४ करोड रुपैयाँ बराबरका यस्ता वस्तु निर्यात गरेको थियो । यद्यपि पछिल्लो समय भारतले सुरक्षा शुल्क (सेफगार्ड ड्युटी) लगाएपछि नेपाली फलाम तथा स्टिलजन्य वस्तुको निर्यात दबाबमा परेको छ ।

जुट तथा जुटजन्य वस्तुको निर्यात समीक्षा अवधिमा ३९.९१ प्रतिशतले बढेर ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले १० अर्ब ७८ करोड रुपैयाँ बराबरका जुटजन्य वस्तु निर्यात गरेको थियो । भारतले नेपाली जुटजन्य उत्पादनमा प्रतिटन शुल्क (एन्टी डम्पिङ ड्युटी) बढाउने निर्णय गरेपछि नेपालको जुट उद्योग थप दबाबमा परेको छ । विशेषगरी पूर्वी नेपालमा रहेका जुट उद्योग यसबाट प्रभावित भएका छन् ।

भारतको वित्त मन्त्रालयले ८ असोज २०८३ (२४ सेप्टेम्बर २०२६) मा जारी गरेको सूचनाअनुसार बोरा बुन्ने मोटो कपडा, जुटका बोरा तथा जुटको धागो र डोरीमा उत्पादन र उत्पादकअनुसार फरक–फरक दरमा प्रतिपाटन शुल्क निर्धारण गरिएको छ । पहिलो त्रैमासमा हस्तनिर्मित नेपाली कागजको निर्यात १६ प्रतिशतले बढेर ४१ करोड ७० लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले १ अर्ब २१ करोड रुपैयाँ बराबरको हस्तनिर्मित कागज निर्यात गरेको थियो ।

यस्तै, पहिलो त्रैमासमा तयारी पोसाकको निर्यात ५२.६८ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा ५८ लाख ५० हजार थान तयारी पोसाक निर्यात भएको छ । गत आर्थिक वर्ष नेपालले ९ अर्ब ३० करोड रुपैयाँ बराबरका १ करोड ५५ लाख २० हजार थान तयारी पोसाक निर्यात गरेको थियो ।

नेपालबाट चियाको निर्यात ४८ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा ५ हजार ४ सय २६ टन चिया निर्यात भएको छ । गत आर्थिक वर्ष नेपालले ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको १३ हजार ३ सय ३ टन चिया निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पस्मिनाको निर्यात २९.११ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको पस्मिना निर्यात गरेको थियो । गलैंचाको निर्यात ३७.६४ प्रतिशतले बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले १० अर्ब ३८ करोड रुपैयाँ बराबरको गलैंचा निर्यात गरेको थियो ।

त्यस्तै, फेल्टजन्य वस्तुको निर्यात १५.६८ प्रतिशतले बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष यस्तो निर्यात ५ अर्ब ९७ करोड रुपैयाँ थियो । धागोको निर्यात ४८.७४ प्रतिशतले बढेर ५ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालले १५ अर्ब ६६ करोड रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो ।

समीक्षा अवधिमा पास्ताको निर्यात १२१.९४ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

तरकारीको निर्यात २०.७१ प्रतिशतले बढेर १९ करोड १४ लाख ८० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा नेपालले ११ हजार ३ सय १९ टन तरकारी निर्यात गरेको छ । मसलाको निर्यात ९३.४२ प्रतिशतले बढेर १४ करोड ८४ लाख ८० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा ८ सय ४१ टन मसला निर्यात भएको छ ।

यद्यपि, समीक्षा अवधिमा सिमेन्ट, मुसुरो दाल, जडीबुटी र फलफूलको निर्यात भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिमेन्टको निर्यात ३४.८३ प्रतिशतले घटेर ४१ करोड ९२ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष नेपालले २ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो ।

कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
नेपाली चियाको निर्यातमा झन्डै ९० प्रतिशत वृद्धि, पहिलो त्रैमासिकमै ४९ करोडभन्दा बढीको व्यापार!

नेपाली चियाको निर्यातमा झन्डै ९० प्रतिशत वृद्धि, पहिलो त्रैमासिकमै ४९ करोडभन्दा बढीको व्यापार!

काठमाडौं। नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट हुने चिया निर्यातमा उल्लेख्य वृद्धि ...

#निर्यात #त्रैमास
Compare →
Nagarik News
4d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

#निर्यात
Compare →
Onlinekhabar
5d ago
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

२३ कात्तिक, काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ जारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ …

#वस्तु
Compare →
Bizshala
1w ago
भारतसँग विद्युत् निर्यात सीमा थप विस्तार गर्न नेपालको आग्रह

भारतसँग विद्युत् निर्यात सीमा थप विस्तार गर्न नेपालको आग्रह

काठमाण्डौ । नेपालले भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्न भारतीय पक्षसँग आग्रह गरेको छ।भारतीय...

#निर्यात
Compare →

Related Stories

Business & Economy
Build #2612