Trending
Prev Story
Next Story

वीरगन्ज नाकाबाट ४ गुणाले बढ्यो विद्युतीय मोटरसाइकल आयात

Ekantipur •
November 14, 2026 • 11:02 AM
2
2 reads 0 reactions

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ हजार १ सय ९४ थान विद्युतीय मोटरसाइकल आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८ हजार ८ सय ५० थान आयात भएको छ ।

वीरगन्ज नाकाबाट ४ गुणाले बढ्यो विद्युतीय मोटरसाइकल आयात

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ हजार १ सय ९४ थान विद्युतीय मोटरसाइकल आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८ हजार ८ सय ५० थान आयात भएको छ ।

काठमाडौँ — वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मोटरसाइकल तथा विद्युतीय मोटरसाइकलको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि असोजसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अनएसेम्बल्ड मोटरसाइकल, विद्युतीय मोटरसाइकल र तयारी मोटरसाइकलको आयात परिमाण ३९ दशमलव ६४ प्रतिशतले बढेको हो।

मध्यम वर्गको पहिलो रोजाइको सवारीसाधन मोटरसाइकलको आयात बर्सेनि बढ्दो क्रममा रहेको छ। कार्यालयको तथ्यांकअनुसार अनएसेम्बल्ड मोटरसाइकल, विद्युतीय मोटरसाइकल र तयारी मोटरसाइकल गरी तीन प्रकारका सवारीसाधन चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ हजार ४ सय २५ थान आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी तीन प्रकारका सवारीसाधन २९ हजार ९ सय ६१ थान आयात भएका थिए। यसरी यस वर्षको पहिलो तीन महिनाको अवधिमा यी सवारीसाधनको आयात ११ हजार ४ सय ६४ थानले बढेको छ।

आयातको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तीन महिनामा यी सवारीसाधन आयातमा ६ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा तीन प्रकारका सवारीसाधनको आयात मूल्य करिब ४ अर्ब रुपैयाँ थियो।

तीन प्रकारका सवारीसाधनमध्ये अनएसेम्बल्ड मोटरसाइकलको आयात परिमाण र मूल्य दुवै बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २४ हजार ९ सय ३९ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३० हजार ९ सय ४३ थान आयात भएका छन्। यसको आयात परिमाण २४ प्रतिशतले बढेको छ। मूल्यका आधारमा गत वर्ष ३ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बराबरको आयात भएकोमा चालु आर्थिक वर्षमा ४ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ बराबरका यस्ता मोटरसाइकल आयात भएका छन्।

विद्युतीय मोटरसाइकलको आयातमा भने अझ ठूलो वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ हजार १ सय ९४ थान विद्युतीय मोटरसाइकल आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८ हजार ८ सय ५० थान आयात भएका छन्। यो गत आवको तुलनामा चार गुणाभन्दा बढी हो। मूल्यका आधारमा पनि विद्युतीय मोटरसाइकलको आयात २८ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

तर तयारी मोटरसाइकलको आयात भने घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ हजार ८ सय २८ थान आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ६ सय ३२ थान मात्रै आयात भएको तथ्यांकमा देखिन्छ। यसले तयारी मोटरसाइकलभन्दा अनएसेम्बल्ड अर्थात् एसेम्बल नगरिएका मोटरसाइकलको आयात बढ्दो क्रममा रहेको पुष्टि गर्छ। नेपालमै विभिन्न कम्पनीले भारतबाट पार्टपुर्जाका रूपमा मोटरसाइकल आयात गरेर ती पार्टपुर्जा एसेम्बल गरी तयारी मोटरसाइकल उत्पादन गर्न थालेकाले तयारी मोटरसाइकलको आयात ओरालो लागेको हो।

समग्र तथ्यांकले वीरगन्ज नाकाबाट मोटरसाइकल आयातको संरचनामा परिवर्तन भइरहेको संकेत गर्छ। विशेषगरी विद्युतीय मोटरसाइकलको आयातमा भएको तीव्र वृद्धिले नेपाली बजारमा यस्ता सवारीसाधनको माग र आपूर्ति विस्तार हुँदै गएको देखाउँछ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#आयात #सोही #नाका
Compare →
Hamro Patro News
2d ago
खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

पर्सा- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार च...

#आयात #सोही
Compare →
Onlinekhabar
1d ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल
Compare →
Bizshala
2d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#आयात
Compare →

Related Stories

Business & Economy
Build #2612