Trending
Prev Story
Next Story

चितवनमा धुमधामपूर्वक मनाइयो छठ

Onlinekhabar •
November 15, 2026 • 12:00 PM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । तराईवासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो । चार …

चितवनमा धुमधामपूर्वक मनाइयो छठ

२९ कात्तिक, काठमाडौं । तराईवासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो ।

चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा विशेष चहलपहल देखिएको थियो । भक्तजनहरूले नदी किनारमा पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

केही वर्षअघिसम्म तराईबासी समुदायले मुख्य रूपमा मनाउने गरेको छठ पर्व अहिले सबै जातजाति तथा विभिन्न धर्मावलम्बीहरूले समेत मनाउन थालेको तराई सामुदायिक सेवा समिति चितवनका उपाध्यक्ष नारदप्रसाद परियारले बताए ।

उनले छठ पर्वको छुटै धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताए । छठ पर्व ४ दिन लगातार चल्ने र छठ पर्व पौराणीक काल देखि हुँदै आएको र यस पर्व सन्तानको दिर्घायु सुस्वनस्थ्य र सम्पुर्ण परिवारको उन्नती प्रगतीको गरिदै आएको उनले बताए ।

भक्तजनहरूको सहजताका लागि करिब तीन सय मिटर लम्बाइ र ८० मिटर चौडाइको टेन्ट निर्माण गरी बस्न तथा पूजा गर्न आवश्यक व्यवस्था मिलाइएको तराई सेवा समिति चितवनका अध्यक्ष जयकिशोर पाण्डेले बताए ।

उनले छठ पूजा स्थल निर्माण तथा व्यवस्थापनको काम दाताहरूको सहयोगमा गरिएको बताए ।

चितवनमा छठ पूजा गर्न आउने भक्तजनहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको समितिले जनाएको छ । नारायणी नदी किनारसहित जिल्लाका विभिन्न नदी तथा जलाशयका किनारमा समेत छठ पूजा गर्ने गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग र आरटीजीएस सेवा सञ्चालन हुने

छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग र आरटीजीएस सेवा सञ्चालन हुने

काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि राहदानी विभाग र नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली सञ्चालन हुने भएका छन्। राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै कात्ति...

#पर्व #अवसर
Compare →
Arthasansar
1h ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#चितवन
Compare →
Ekantipur
1h ago
एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

#चितवन
Compare →
Nagarik News
2h ago
सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको छ। ताजा अवस्थामा १३.३ ओभरको समाप्तिमा चितवनले ७ विकेट गुमाएर केवल ८९ रन मात्र जोडेको छ।

#चितवन
Compare →

Related Stories

National (Nepal)
Build #2612