Trending
Prev Story
Next Story

लामो बिदाले पोखरामा आन्तरिक पाहुना भित्र्यायो

Nagarik News •
November 15, 2026 • 12:02 PM
3
3 reads 0 reactions

आन्तरिक पाहुनाको भीड बढेपछि शनिबार बेलुकी पोखराको लेकसाइड क्षेत्र खचाखच थियो। फेवाताल किनारको फुटट्रयाकमा पाहुनाको भीडभाड देखिन्थ्यो। ताल किनारका रेस्टुरेन्टमा पनि पर्याप्त पाहुना थिए। घुमघाममा आउनेमा अधिकांश आन्तरिक पाहुना थिए। खेल्ने देखि खानेठाउँसम्म भीडभाड देखिन्थ्यो।

1 / 3
Swipe Photos

आन्तरिक पाहुनाको भीड बढेपछि शनिबार बेलुकी पोखराको लेकसाइड क्षेत्र खचाखच थियो। फेवाताल किनारको फुटट्रयाकमा पाहुनाको भीडभाड देखिन्थ्यो। ताल किनारका रेस्टुरेन्टमा पनि पर्याप्त पाहुना थिए। घुमघाममा आउनेमा अधिकांश आन्तरिक पाहुना थिए। खेल्ने देखि खानेठाउँसम्म भीडभाड देखिन्थ्यो।

मुख्य पर्यटकीय सिजनमा पनि पर्याप्त पाहुना नपाई गुजारेका पर्यटन व्यावसायी यतिबेला आन्तरिक पाहुना पाउँदा हौसिएका छन्। अहिले पोखरामा मात्र नभई आसपासका सबैतिरका पर्यटकीय गन्तव्यमा पाहुनाको भीडभाड रहेको व्यावसायीको भनाई छ। आन्तरिक पाहुनासँगै थपिएका केही भारतीय र तेश्रो मुलुकका पाहुनाले गर्दा पछिल्ला केहीदिन होटलको अकुपेन्सी पनि उकासिएको व्यवासायीको भनाई छ। अधिकांश होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारीमा पुगेको उनीहरुको भनाई छ।

‘मुख्य पर्यटकीय सिजन पाहुनाविहीन अवस्थामा गुजार्नुपरेको थियो। तर, यो बेला पर्याप्त पाहुना आएका छन,’ होटल कौशीका संचालक धर्मराज पन्थी भन्छन, ‘आन्तरिक र भारतीय पाहुनाले गर्दा व्यावसायीलाई राहत मिलेको छ।’

व्यावसायीका अनुसार सेप्टेम्बरबाट सुरु हुने पर्यटकीय सिजन बारम्बार निम्तिएका विपद्का घटनाका कारण प्रभावित भएको थियो। यतिसम्मकी विपद्का कारण आन्तरिक पाहुना पनि पोखरा आउन सकेका थिएनन्, भारतीय पाहुना पनि नेपाल घुमघाममा हच्किएका थिए।

तर, तिहारको लामो बिदा पारेर यतिबेला घुम्न निस्केका पाहुनाका कारण पोखरा भरिभराउ जस्तै भएको व्यावसायीले बताएका छन्। ‘तिहारको बिदाले गर्दा आन्तरिक पाहुना आएका छन्। योपटक तिहारमा दशदिन जति बिदा परेकोले पनि आन्तरिक पाहुना घुमघाममा निस्केका हुन,’ उनले भने, ‘चाडबाडको लामो बिदाले पोखरालाई पाहुना दिलाएको हो।’

पोखरा घुम्न आएका आन्तरिक पाहुना पनि पछिल्लो समय घुम्ने संस्कार विकास भएसँगै घुमघाम बढेको बताउँछन्। सार्वजनिक बिदाका कारण आफुहरु घुमघाममा निस्कन पाएको उनीहरुको भनाई छ। ‘दशदिनको बिदाले घुमघाममा निस्कन फुर्सद मिल्यो। पछिल्लो समय नेपाली नागरिकमा घुमघामको संस्कार बढेको पनि छ,’ काठमाडौंबाट परिवारसहित घुम्न आएका प्रकाश खनालले भने, ‘पछिल्लो समय आन्तरिक पाहुनामा घुम्ने चलन बढ्यो, त्यसमा बिदाले साथ दियो।’

पोखराले आन्तरिक पर्यटनमै जोड दिन सकेमा आगामि दिनमा अझ बढि लाभ आन्तरिक पाहुनाबाटै दिन सक्ने पनि उनले बताए। बारम्बारका बिपद्का कारण दसैंको बिदामा उत्तिसारो घुम्न नपाएका पाहुना अहिले भने मौसम सुधार भएको र यात्रा सहज भएकोले सहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगमा पनि घुम्न जान सक्ने अवस्था रहेको उनले बताए।

‘पोखरा, सौराहा, लुम्बिनी जस्ता पर्यटकीय क्षेत्रका लागि अहिले घुमघाम सहज छ,’ उनले भने, ‘पछिल्लो समय आन्तरिक पाहुनासँग पनि निजी सवारी हुन थालेको र वर्षको एकपटक घरबाहिर घुम्न निस्कनुपर्छ भन्ने सोचाई विकसित भएकोले पनि बिदाका बेला यो भीड बढेको हो।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार ठूला र चल्तीका होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारीमा छ। तर, भित्री खण्डका केही होटलको अकुपेन्सी थोरै कम रहेपनि समग्रमा यतिबेला पोखराको पर्यटन क्षेत्रमा पाहुनाको भीडभाड रहेको उनले बताए।

सुवेदीको अनुमानमा यतिबेला पोखरामा रहेको पाहुना मध्ये कम्तिमा ५० प्रतिशत आन्तरिक छन्। त्यसपछि ३० प्रतिशत तेश्रो मुलुकका र १५ प्रतिशत हाराहारीमा भारतीय पाहुना रहेका छन्। ‘करिब ९५ प्रतिशत अकुपेन्सी पुगेको अनुमान छ। यो निकै नै राम्रो हो,’ उनले भने, ‘लामो समयको पर्खाइपछि यो आकारमा पाहुना पाएका छौं।’

उनका अनुसार यतिबेला पर्यटकीय सिजन पनि भएकोले तेश्रो मुलुकका विदेशी पनि छन्। त्यसबाहेक लामो बिदाको सदूपयोग गर्दै आएका आन्तरिक पाहुनाको बाहुल्यता रहेको उनले सुनाए। ‘तिहारको टीकापछि पोखरामा भीड बढेको हो। यो साता पोखरालाई पाहुना अभाव खासै हुँदैन, त्यसपछि भने केही कमी हुन थाल्छ, तेश्रो मुलुकका विदेशीको पनि अफसिजन सुरु हुन्छ,’ उनले भने, ‘आन्तरिक पाहुनाका कारण समग्र पर्यटन क्षेत्रमा राहत पुगेको छ।’

उनका अनुसार साथीभाई तथा परिवारका सदस्यसहित घुम्न आउनेको संख्या बढि रहेको छ। ‘पोखराले सोचेभन्दा बढि आकारमा यो बेला पाहुना पाएको हो। दशदिनको बिदाले गर्दा घुम्ने समय पर्याप्त रह्यो। पोखरा सहर भित्र मात्र नभई आसपासका ग्रामीण क्षेत्रमा पनि पाहुनाको भीड लागेको छ,’ उनले भने, ‘दसैंको भोलिपल्टदेखि ३ दिनसम्म यस्तै भीडभाड थियो। अहिले फेरि उत्तिकै भीड रहेको छ। पोखरामा अंग्रेजी नयाँवर्षमा हुनेजत्तिकै भीडभाड देखिएको छ।’

उनका अनुसार पोखरामा सामान्य अवस्थामा सातामा एकदिन बिदा (शनिबार) हुँदा पनि आन्तरिक पाहुनाको आगमन थपिन्थ्यो। अहिले सरकारले सातामा दुईदिन (शनिबार र आइतबार) बिदा दिएपछि आन्तरिक पाहुनाको आकार अझै बढेको व्यावसायीले बताउँदै आएका छन्। ‘ यो पनि पढ्नुहोस् लामो बिदाले पोखरालाई पर्याप्त पाहुना सातामा दुईदिन बिदाले पोखरालाई आन्तरिक पाहुनामार्फत लाभ दिलाएको छ। यसपटकको बिदाको आन्तरिक पर्यटकले भरपुर सदूपयोग गरेका छन,’ उनले भने।

पोखरासम्मको यातायातको पहुँचमा सुधार भएसँगै घुम्न आउने आन्तरिक पाहुनाको आकार पनि थपिएको व्यवासायीको भनाई छ। ‘लेकसाइडमा दुईपांग्रे र निजी सवारीमा आउने पाहुनाको भीडभाड छ। केहीमहिना अघि यस्तै भीडभाड भारतीय पाहुनाको थियो। अहिले भने आन्तरिक पाहुनाले त्यो भीडभाड ओगटेका छन,’ अध्यक्ष सुवेदीले भने, ‘पोखराले लामो समयको अन्तरिकपछि यत्तिको आकारमा आन्तरिक पाहुना पाएको छ। यसले व्यवासायीलाई लाभ दिलाएके छ।’ पोखरा मात्र नभई आसपासका पर्यटकीय गन्तव्य पनि पाहुनाले भरिभराउ रहेको उनले सुनाए।

प्रकाशित: २९ कार्तिक २०८३ १७:४७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
काठमाण्डूविरुद्ध पोखराको विस्फोटक सुरुआत

काठमाण्डूविरुद्ध पोखराको विस्फोटक सुरुआत

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खार्जविरुद्ध विस्फोटक सुरुआत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले सुरुआती ६ ओभरम...

#पोखरा
Compare →
Bizshala
1h ago
सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय भने खुला रहने...

#आन्तरिक #बिदा
Compare →
Onlinekhabar
1h ago
पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

२९ कात्तिक, काठमाडौं । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।  पोखराको लागि आजको खेल नै यो …

#पोखरा
Compare →
Arthasansar
3d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612