Trending
Prev Story
Next Story

तराईको रौनक पहाडमा

Nagarik News •
November 15, 2026 • 11:46 AM
3
3 reads 0 reactions

छठ पर्व भन्ने बित्तिकै तराईका नदी, पोखरी र जलाशय किनारमा देखिने झिलिमिली दृश्य भन्ने मनमा आउँंछ । साथै, भक्तिभाव र उल्लासको सम्झना पनि आउँछ ।

तराईको रौनक पहाडमा

छठ पर्व भन्ने बित्तिकै तराईका नदी, पोखरी र जलाशय किनारमा देखिने झिलिमिली दृश्य भन्ने मनमा आउँंछ । साथै, भक्तिभाव र उल्लासको सम्झना पनि आउँछ । सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्व तराईवासीको विशेष पर्वका रूपमा परिचित छ । तर पछिल्लो समय छठ पर्व तराईमा मात्र सीमित छैन । पहाडको सहर काठमाडौं उपत्यकामा पनि यसको रौनक बढ्दै गएको छ । यसको एउटा उदाहरण हो, भक्तपुरको कमलविनायकस्थित कमलपोखरी ।

भक्तपुर नगरपालिका–१०, नगरकोट बसपार्कसँगै रहेको कमलपोखरीमा यस वर्ष पनि हजारौंको सहभागितामा भव्य रुपमा छठ पर्व मनाइएको छ, जहाँं एक सय भन्दा वढी बढी व्रतालु तथा भक्तजन प्रतिव्यक्ति दुई हजार पाँंच सय रुपैयाँं तिरेर पर्व मनाउन जुटेका थिए । सूर्यदेवलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका थिए । पर्वका लागि पोखरी परिसरलाई बेहुलीझैँ सिँगारिएको थियो । पूजाका लागि मञ्च निर्माण गरिएको थियो ।  व्रतालु तथा भक्तजनको सुविधाका लागि पोखरीको दक्षिण र पूर्वी किनारमा लहरै टेन्ट राखिएका थिए । साथै राति सुत्नका लागि पोखरीसँंगैको सार्वजनिक पाटीमा विशेष वन्दोवस्त पनि गरिएको थियो । परिसरमा सरसफाइ, सजावट तथा अन्य व्यवस्थापकीय काम गरिएको थियो ।

छठ पर्वमा के हिन्दु, के बौद्ध, के मुस्लिम, सबै धर्मका मानिसले ठूलो आस्था र उत्साहका साथ छठ पर्व मनाउने गरेको देखिएको थियो । पर्वले सबैलाई एकै ठाउँमा जोड्ने काम गरेको थियो । अझ तराईबासी र पहाडबासीवीच अगाढ प्रेम जगाएको महशुश गरेको थियो । किनकि तराईबासीको पर्वमा स्थानीयबासी पनि उतिकै उत्साहका सहभागी देखिएका थिए ।

तराईलाई मूल घर बनाई हाल भक्तपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका परिवार मात्र होइन, काठमाडौंको कोटेश्वर र काभ्रेको बनेपालगायत स्थानबाट समेत भक्तजन यहाँ पुग्ने गरेका देखिएका थिए । हरेक वर्ष सयौँको सहभागितामा सामूहिक रूपमा छठ मनाइँदै आएकोमा यो वर्ष पनि उलेख्य सहभागी देखिएका थिए।

पर्वका लागि ’भक्तपुर छठ पर्व परिवार’ नामको समिति नै गठन गरिएको थियो । समितिले विगत १४ वर्षदेखि कमलविनायकमा छठ पर्वको व्यवस्थापन गर्दै आएको जनाएको छ । अध्यक्ष नन्दलाल दासका अनुसार छठ पर्व कुनै एउटा जाति वा समुदायको मात्र पर्व नभई सबै धर्म र समुदायका मानिसको आस्था र सहभागितासँग जोडिँदै गएको छ । व्रतालु तथा भक्तजनलाई सहज होस् भन्ने उद्देश्यले समितिले हरेक वर्ष व्यवस्थित रूपमा पर्व सञ्चालन गर्दै आएको उनले जानकारी गराए । यही व्यवस्थापनका लागि पर्वमा सहभागी हुने प्रत्येक व्यक्तिबाट दुई हजार पाँच सय रुपैयाँका दरले नामदर्ता शुल्क लिने गरिएको उनले जनाए । उक्त रकमबाट सहभागीका लागि चियापान, खानपान तथा बसोबासको व्यवस्था मिलाइने गरिएको उनले जानकारी गराए ।

कमलपोखरीमा छठ पर्वको यो रौनक आफैँमा एउटा सांस्कृतिक विशेषता बनेको छ । कमलपोखरीमा छठ पर्व मनाउने परम्परा र त्यसको बढ्दो आकर्षण स्थानीयवासीका लागि पनि परिचित विषय बनेको छ । स्थानीय विश्वेश्वर श्रेष्ठका अनुसार यहाँ प्रत्येक वर्ष धुमधामका साथ छठ पर्व मनाइन्छ । विगतका वर्षमा पोखरी परिसर भक्तजनले भरिभराउ हुने गरेको स्मरण गर्दै उनले विशेषगरी तराई मूलका नेपालीको उल्लेख्य सहभागिता रहने गरेको देखिएको बताए ।

पर्वमा सहभागी प्रमोद यादव पछिल्ला केही वर्षदेखि कमलविनायकमा संगठित रूपमा छठ पर्व मनाउने गरिएकोले थप व्यवस्थित भएको अनुभब सुनाउँंछन् । भक्तपुर छठ पर्व परिवारको संयोजनमा पूजाका कार्यक्रम तथा आवश्यक व्यवस्थापन हुँदै आएकोमा उनले खुशी व्यक्त गरे ।

भक्तपुर नगरभित्र ३४ वटा साना–ठूला पोखरी छन् । तर तीमध्ये पूर्वी क्षेत्रमा अवस्थित कमलपोखरी छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा परिचित छ । भक्तपुरको मौलिक संस्कृति र सम्पदाले भरिएको यस सहरमा तराईको सांस्कृतिक पर्वले समेत आफ्नो स्थान बनाउँदै गएको छ । यसलाई स्थानीयले पनि आफैँमा महत्वपूर्ण पक्ष रहेको बताएका छन् । पोखरीको धार्मिक तथा सांस्कृतिक महत्वसँगै छठ पर्वले यसलाई अर्को सामुदायिक पहिचान पनि दिएको छ ।

पर्वमा व्रतालुहरूले कठोर नियम पालना गर्दै उपवास बस्ने, शुद्धता र पवित्रतालाई विशेष ध्यान दिने तथा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ । पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरिन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गरिन्छ । पर्वमा सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिन्छ ।

प्रकृति, जल र सूर्यप्रति कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा समेत छठको विशेष महत्व रहेको छ । जलाशयको सरसफाइ, शुद्धता र सामूहिक सहभागितालाई प्राथमिकता दिइने यस पर्वले प्रकृतिसँग मानिसको सम्बन्धलाई पनि उजागर गर्छ । तराईको पहिचानका रूपमा स्थापित छठ पर्व भक्तपुरको कमलपोखरीमा आइपुग्दा भूगोल र समुदायको सीमाभन्दा माथि उठेको छ । फरक भाषा, संस्कृति र धर्म मान्ने मानिस एउटै पोखरीको किनारमा भेला भएर सूर्यदेवको आराधना गर्नुले सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्वको सुन्दर सन्देश दिएको छ । यसरी कमलविनायकको कमलपोखरीमा देखिने छठको रौनकले तराईको पर्वलाई पहाडमा मात्र ल्याएको छैन, विभिन्न समुदायलाई आपसमा जोड्ने साझा उत्सवका रूपमा समेत स्थापित गर्दै लगेको छ । छठ पर्वको आफ्नै धार्मिक र सांस्कृतिक महत्व यस अर्थमा पनि छ ।

प्रकाशित: २९ कार्तिक २०८३ १७:३१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4m ago
कमलविनायकमा तराईका छठ घाट बिर्साउने उल्लास

कमलविनायकमा तराईका छठ घाट बिर्साउने उल्लास

छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । केहि वर्षअघिसम्म तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व अहिले सबै समुदायले मनाउन थालेका छन् ।

#पर्व #तराई
Compare →
Bizshala
6h ago
छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित

छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित

काठमाण्डौ । सूर्य उपासनाको महापर्व छठसँगै तराईका बजारमा आर्थिक चहलपहल बढेको छ। तिहार सकिएलगत्तै सुरु भएको छठको...

#तराई #रौनक
Compare →
Hamro Patro News
1d ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#तराई #पहाड
Compare →
Onlinekhabar
11h ago
छठको रौनकले बजारमा चहलपहल, बाँसका सामग्रीको माग उच्च

छठको रौनकले बजारमा चहलपहल, बाँसका सामग्रीको माग उच्च

२९ कात्तिक, सुनसरी । आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भिड …

#पर्व #रौनक
Compare →

Related Stories

Technology
Build #2612