छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । केहि वर्षअघिसम्म तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व अहिले सबै समुदायले मनाउन थालेका छन् ।
भक्तपुर — कमलविनायकमा तराईका छठ घाट बिर्साउने गरी उल्लासका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइएको छ । केहि वर्षयता भक्तपुरमा पनि छठलाई विशेष महत्व र उल्लासका साथ मनाउँदै आइएको छ ।
सूर्य भगवानलाई अर्घ दिन कमलविनायकस्थित कमलपोखरी किनारमा बिहानैदेखि पूजाका सामग्रीका साथ व्रतालुहरू उपस्थित भएका थिए । कमपोखरी परिसरमा व्रत बस्नेहरूको करण मेला जस्तैं लगेको स्थानीयहरूको भनाइ छ ।
छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । केहि वर्षअघिसम्म तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व अहिले सबै समुदायले मनाउन थालेका छन् ।
छठ पर्वलाई व्यवस्थित गर्न नगरपालिका र नेपाल प्रहरीको सहयोग रहेको छ । छठ पर्वमा प्रतिनिधिसभा सदस्य गंगालक्ष्मी अवाल सहभागी भई छठी माताको दर्शन र पूजा गरेका थिए । आइतबार अस्ताउँदो सूर्य र भोलि सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ । छठ पर्वको मूल विधि चतुर्थीदेखि सुरु भएर षष्ठीको दिन अस्ताउँदै गरेको सूर्य र सप्तमीको दिन बिहान उदाउँदै गरेको सूर्यको अर्घ दिइन्छ र समापन गरिन्छ ।
सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।