काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जलगायत जिल्लाका सम्पूर्ण छठघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी, पाकेटमारी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै प्रहरीले बर्दीधारीसँगै सादा पोसाकमा समेत ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
नदी, पोखरी तथा जलाशय किनारका घाटहरूमा श्रद्धालु भक्तजनको अत्यधिक भीड हुने भएकाले अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको हो। पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले छठ पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन श्रद्धालुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।
Read full story at source ( hamrakura.com )