२८ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।
गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।
यसैगरी कमलपोखरीमा पनि छठघाटलाई बेहुली झैं सिंगारिएको छ । कमलपोखरीमा रहेका हरेक घाटमा टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ ।
छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरीलगायत स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।
धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।