काठमाडौँ - नेपालका प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणपूर्व भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच सातामा एकपटक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । यसले नेपाल भारत सम्बन्धमा थप प्रगाढ अवस्था सिर्जना गर्नुको साथै धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा गरिएको छ । यसबाट दुई देशबीच आर्थिक कारोबार पनि थप वृद्धि हुने आशा गरिएको छ ।
भारतीय रेल मन्त्रालयले शनिबार उक्त प्रस्ताव अनुमोदन गरेसँगै दुई धार्मिक तथा सांस्कृतिक सहरलाई रेलमार्गबाट जोड्ने बाटो खुलेको हो ।
Read full story at source ( ajakoartha.com )