Trending
Prev Story
Next Story

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

Bizshala •
November 15, 2026 • 03:07 AM
3
3 reads 0 reactions

काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ...

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

भारतीय रेल मन्त्रालयका अनुसार रामायणसँग सम्बन्धित यी दुई धार्मिक स्थललाई जोड्ने रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ ।

रेलले जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ ।

जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ । सातामा एकपटक सञ्चालन हुने यस सेवाबाट दुई देशका धार्मिक पर्यटक तथा अन्य यात्रुको आवागमन सहज हुने र धार्मिक पर्यटन, आर्थिक गतिविधि एवं द्विपक्षीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने, भारतीय रेल्वेबाट स्वीकृति

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने, भारतीय रेल्वेबाट स्वीकृति

काठमाडौं। नेपाल र भारतबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने तयारी गर...

#रेल #जनकपुरधाम #साप्ताहिक
Compare →
Onlinekhabar
13h ago
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …

#रेल #जनकपुरधाम #अयोध्याबीच
Compare →

Related Stories

Sports
Build #2612