काठमाडौं। नेपाल र भारतबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। भारतीय रेल्वेले यी दुई महत्वपूर्ण धार्मिक सहरलाई रेलमार्गबाट जोड्ने प्रस्ताव स्वीकृत गरेको जनाइएको छ।
भारतीय रेल मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ। प्रस्तावित तालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )