जनकपुरधाम । मिथिलाञ्चलको आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जनकपुरधाम आउदैंछन् । पत्नी निकिता पौडेलसहित जनकपुर आउन लागेका लामिछानेले छठको पूजा–आराधनामा सहभागी हुनुका साथै धार्मिक स्थलको भ्रमण र पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
रास्वपा मधेस प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार लामिछाने शनिबार दिउँसो जनकपुरमा आउने त्यसपछि जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा सम्बोधन कार्यक्रममा सहभागी हुनेछन् । राजनीतिक भेटघाटसँगै मधेसको धार्मिक तथा सांस्कृतिक परिवेशसँग जोडिने उद्देश्यले तयार पारिएको भ्रमण तालिकामा पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूसँग अन्तरक्रियाको कार्यक्रमसमेत राखिएको छ । शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उनी पार्टीका नेता तथा कार्यकर्तासँग सामूहिक भेटघाट र अन्तरक्रियामा सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )