Trending
Prev Story
Next Story

कपिलवस्तुका ७९ स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइयो छठ

Nagarik News •
November 15, 2026 • 12:37 PM
2
2 reads 0 reactions

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुका ७९ स्थानमा हर्षोल्लासका साथ आइतबार पर्व छठ पर्व मनाइएको छ।

1 / 4
Swipe Photos

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुका ७९ स्थानमा हर्षोल्लासका साथ आइतबार पर्व छठ पर्व मनाइएको छ।

कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित जमुहार नाला, बाणगंगा नदीको रामघाट लगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाइएको हो।

छठलाई निष्ठा पवित्रता र सद्भावको पर्वका रूपमा मानिएको छ। यस्तै पकडी कृष्णनगर, डंगरी बहादुरगंज लगायतका स्थानमा रहेको नदी पोखरी नहरमा समेत भक्तजनहरूले सूर्यको विशेष पूजापाठ गरी  सामूहिक रूपमा यो पवै मनाएका हुन्।

जिल्ला प्रहरी कार्यालय अनुसार यस वर्ष नदी नाला तलाउ, पोखरीमा गरी कपिलवस्तुमा ७९ स्थानमा छठ स्थान निर्माण गरिएको छ।

जमुहार नालामा ३ हजार हजार बढी श्रद्धालुहरूले र ५ हजार बढीले रामघाट नदीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरेका थिए। उनीहरू त्यहाँ जम्मा भएर सामूहिक रूपमा पूजापाठ समेत गरेका थिए।

पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदायका सहभागी थिए। विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधना समेत गरेका थिए।

छठमा उपबास बसी पूजाआजा गर्नाले पारिपार सुख संवृद्धिका साथै सन्तान प्राप्ति र रोग व्याधि समेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ।

उनीहरूले उक्त नदीमा पूजा गरी प्रसादका रूपमा बासको सामग्रीमा अर्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका  परिकार चढाएका थिए।

छठ पर्वका लागि पूजा व्यवस्थापन समिति गठन गरी जमुहार नदीमा पूजाआजाका लागि विशेष व्यवस्था गरेको थियो।

समितिले टेन्ट, लगायतका सामग्रीहरूको व्यवस्था गरेकोले यस वर्ष छठ पर्वका रौनक देखिएको थियो। चार दिन सम्म मनाइने छठ सोमबार बिहान सम्पन्न हुँदैछ।

शुक्रबार चोखो भोजन ग्रहण गर्ने, शनिबार  सुयास्त पछि एक छाक खाने, आइतबार अस्ताउँदो र सामेबार उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ।

पूजा स्थलको सुरक्षार्थ सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो। जमुहार र रामघाटमा शुभकामना दिन जन प्रतिनिधि समेत पुगेका थिए।

साझा पर्व बन्दै गएको छठले केही वर्ष यता रौनकता थपेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाले छठ पर्व सद्भावको पर्व बन्दै गएको बताए। बुद्धभुमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष सन्दीप पाण्डेयले छठ पर्वप्रति आकर्षण बढेको बताए।

प्रहरी उपरीक्षक मनोहर भट्ट जमुहार र  रामघाट लगायतका रहेको छठ स्थलमामा पुगेर शुभकामना साटासाट गरेका थिए।

छठको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिई सूर्यका आराधना गर्ने गर्छन्। रातभरी जाग्राम बसी सोमबार बिहान सूर्यको पूजाआजा गरी छठको समापन गर्नेछन्।

प्रकाशित: २९ कार्तिक २०८३ १८:२२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख...

#पर्व #सूर्य #अस्ताउँदो
Compare →
Bizshala
12h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#पर्व #सूर्य #अस्ताउँदो
Compare →
Onlinekhabar
12h ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक …

#पर्व #सूर्य #अस्ताउँदो
Compare →
Ekantipur
2h ago
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

वीरगन्जका घडिअर्वा, मुर्ली, नगवा, रानीघाटसहितका घाटमा निर्जल व्रत बसेका भक्तजनले पूजासामग्रीसहित अस्ताउँदो सूर्यको आराधना गरे।

#सूर्य #अस्ताउँदो #अर्घ
Compare →

Related Stories

Education & Youth
Build #2612