Trending
Prev Story
Next Story

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Nagarik News •
November 15, 2026 • 06:36 AM
3
3 reads 0 reactions

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ।

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्य भगवानको अर्घ्य दिन लागिएको हो।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि नुहाएर खाएपछि शुरू भएको थियो।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधिविधान छ।

षष्ठीका दिन रातभर जाग्रम बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समाप्त हुन्छ।

छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नुहाएर खाए अर्थात् नुहाएर मात्र चोखो वस्त्र धारण गरेर विनाप्याज, लसुनको बनेको पकवान खाएका थिए। पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहाखाय भनिन्छ।

यो दिनमा बर्तालुले खोलानाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाएका थिए।

खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ।

प्रसादका रूपमा विशेष गरी सक्खर (गुड) र साठी चामलले बनाइने खिर, पुजाको लागि तयारी गरिएको गहुँको पिठोबाट बनाइने रोटी, मुला र केरा लिएका थिए।

आँगनमा गाईको गोबरले लिपपोत गरी साठीको चामलबाट बनाइएको खिर भूमि सुशोभित गरेर व्रतालुले राति चन्द्रोदय पछि चन्द्रमालाई चढाई सोही प्रसाद ग्रहण गरेका थिए।

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटानपिसान गरी त्यसबाट निस्केको पिठोबाट ठेकुवा तयार गरिन्छ।

छठी मातालाई प्रसादको रूपमा चढाउने ठेकुवा तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाको सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ। यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने गरिन्छ।

छठ पर्वमा प्रत्यक्ष देवता मानिने सूर्य र सन्तानकी रक्षक देवी छठी माताको पूजा गरिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर जीवनका सुखदुःखलाई समान रूपले शक्ति मिलोस् प्रार्थना गरिन्छ।

छठको व्रत बस्नाले चर्मरोग लगायतका शारीरिक कष्टहरू निको हुने र परिवारमा सुख, शान्ति तथा सन्तान प्राप्ति हुने जनविश्वास छ।

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख धर्म गुरुहरूले बताउने गरेका छन्।

विशेष गरेर छठ पूजाका लागि मदेश प्रदेशको वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, जनकपुर,सिरहा र राजविराज लगायतको स्थानमा गरिने घट पुजाका लागि घाटहरू सजाइएको छ।

छठ पुजा गरिने पोखरी,नदी किनारमा छठी माईको पूजाका लागि घाट सिँगार्ने काममा भक्तजन व्यस्त छन्।  छठ पर्व शुरू भएसँगै वीरगञ्जका मुख्य छठ घाटहरू सिँगार्ने कार्य जोडतोडले गरिएको थियो।

छठ पुजाको मुख्य दिन आइतबार अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट सोमबार चौथो अर्थात् अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिन ब्रतालुहरू छठघाट जाने गर्छन्।

केही वर्षयता वीरगञ्जका छठघाटहरूको सजावटमा लाखौं खर्च गर्न थालिएको छ। नदी, पोखरी, तलाउको किनारमा बनाइने छठघाटलाई झिलिमिली बत्ती र रंगीचंगी पण्डालले सिंगारिएको छ।

छठघाटको सय मिटर परदेखि नै पण्डाल, झिलिमिली बत्ती लगाएर आकर्षक बनाउनदेखि सुरक्षा व्यवस्थामा समेत गरी लाखौं खर्च गर्ने प्रचलन बढ्दैछ।

वीरगञ्जको घडीअर्वा, मुर्ली, नगवा, छपकैया, रानीघाट, आदर्शनगर स्वीमिङ पुललगायत छठ घाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पूजा समितिहरूका पदाधिकारीहरुले बताएका छन्।

लाखौ खर्च गरेर सजाइएका घाटहरू दर्शन गर्न पनि दर्शनार्थीहरू वीरगञ्ज आउने गरेका छन्। वीरगञ्जको बीचमा रहेको घडीअर्वा पोखरी छठघाटलाई विशेष मानिन्छ। पोखरीको बिचमा रहेको सूर्य भगवानको मन्दिरले गर्दा घडीअर्वा छठघाटलाई अकर्षणको केन्द्र बनाउने गरेको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १२:२१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
7h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#सूर्य #अस्ताउँदो #पर्व
Compare →
Onlinekhabar
7h ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक …

#सूर्य #अस्ताउँदो #पर्व
Compare →
Ekantipur
6h ago
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

#सूर्य #अस्ताउँदो #अर्घ्य
Compare →
Hamro Patro News
7h ago
कार्तिक शुक्ल षष्ठीः छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

कार्तिक शुक्ल षष्ठीः छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भए...

#सूर्य #पर्व #अस्ताउँदो
Compare →

Related Stories

World News
Build #2612