Trending
Prev Story
Next Story

सधैंभरि मुटमाझ दुखिरहन्छ याद!

Nagarik News •
November 15, 2026 • 06:18 AM
3
3 reads 0 reactions

आँखाकाे वरिपरि घुमिरहन्छ याद, मनको डायरीमा लुकिरहन्छ याद। हर्षले हाे याबिस्मातले खै के भनूँ, सधैँभरि मुटमाझ दुखिरहन्छ याद।

सधैंभरि मुटमाझ दुखिरहन्छ याद!

हर्षले हाे या बिस्मातले खै के भनूँ,

गरीब हाेस् या धनी सबैको कुरा सुन्नुपर्छ

रायसुझावलाई स्वीकार्दै मनमा गुन्नुपर्छ

छिन्नभिन्न भएको सम्बन्धलाई तुन्नुपर्छ।

हामीबीच अझै एक बात बाेल्न पाए पुग्छ

मुसुक्क हाँस्दै मुस्कान दिँदै माया लाए पुग्छ

फेरि-फेरि आपसमा भेट हुने हाे कि होइन

सधैँभरि तिम्रो मनमुटुमा खुसी छाए पुग्छ।

शिशिर याममा फूल्ने सुगन्धित फूल हौ तिमी

मायापनकाे प्यासलाई मेटिदिने मूल हौ तिमी

आफ्नो सारा जीवन नै पराईलाई सुम्पिएर,

अधुरो यात्रा पार गराई दिने पक्की पुल हौ तिमी।

जस्तै दु:खलाई पनि सुखकाे अनुभूति देखाउँछौ बाबा

सन्तानकाे लागि भाेक सएर हामीलाई हँसाउँछौ बाबा

मूर्ति त मूर्ति नै हाे वास्तविक भगवान् भने तिमी नै हौ,

त्यसैले त कठिन अवस्थामा पनि सन्तान बचाउँछौ बाबा।

मनमुटुमा तिमीलाई सजाई राख्न पाए हुन्थ्यो

जीवनभरि मेरै अँगालोमा बेरिन आए हुन्थ्यो

हृदयमा नमेटिने गरी तिम्रै नाम लेखेकाे छु मैले

तिम्रो सिउँदोमा मेरै नामको सिँदुर लाए हुन्थ्यो।

आम्दानीकाे स्राेत भए पनि नभए पनि जीविका चल्नुपर्छ

अन्नपात घरमा हुँदै नभए पनि जसाेतसाे चुलो बल्नुपर्छ

खेतीकाे काम नगर्नेलाई के थाहा श्रम र पसिनाकाे मूल्य,

पानीझरीले खेतबारी भिझ्दै नभिझे पनि  अन्न फल्नुपर्छ।

सबैकाे प्यारो बन्नलाई  मन भित्रकाे चाख चाहिन्छ

सुखकाे जिन्दगी बिताउन विश्वासिलो काख चाहिन्छ

दुश्मन सामु वेदना लुकाएर हाँस्न पनि  सकिन्छ तर,

दुनियाँलाई खुसी दिलाउन  रूपैयाँकाे लाख चाहिन्छ।

काँचकाे चुरा चुकेसरी चुक्न नपराेस् जिन्दगी

कसैकाे डर त्रासदेखि लुक्न नपराेस् जिन्दगी

ती दुष्टहरूकाे सामु त झुक्न नपराेस् जिन्दगी।

प्रकाशित: २९ कार्तिक २०८३ १२:०३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि

फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि

रवि लामिछानेले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ‘राहत रकम’ दिने कुरा उठाइरहँदा मलाई आमिर खानको फिल्म ‘पिपली लाइभ’ झल्झली याद आयो । सर्वसाधारणको जीवन भन्दा मृत्यु कसरी मूल्यवान बनाइदिन्छन् ? गरिबको  नियतिमाथि राजनीतिले कति रसिलो …

#याद
Compare →

Related Stories

Business & Economy
Build #2612