Trending
Prev Story
Next Story

छठले राष्ट्रिय एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको छ : उपराष्ट्रपति यादव

Nagarik News •
November 15, 2026 • 01:16 AM
2
2 reads 0 reactions

उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

छठले राष्ट्रिय एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

छठ महापर्व, २०८३ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले हिमाल, पहाड र मधेसका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्ने यस्ता पर्वले हाम्रो राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई अझ सुदृढ बनाएको बताएका हुन्।

उपराष्ट्रपति यादवले मानव, प्रकृति र सृष्टिबिचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताएका छन्।

उनले सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अर्घ्य अर्पण गर्ने यस पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने बताएका छन्।

उपराष्ट्रपति यादवले अस्ताउँदो सूर्यलाई सम्मानपूर्वक अर्घ्य अर्पण र नमन गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने छठको परम्पराले जीवनका हरेक अवस्था, संघर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उनको विश्वास छ।

‘नहाय-खाय’, ‘खरना (रसयारोटी)’, सन्ध्या अर्घ्य र उषा अर्घ्यका धार्मिक अनुष्ठानहरूले आत्मअनुशासन, धैर्य, श्रद्धा र आध्यात्मिक शुद्धताको अभ्यास गराउने उल्लेख गर्दै उनले व्रतालुहरूले कठिन साधना र संयमका साथ सम्पन्न गर्ने यो पर्वले इच्छाशक्ति, परिवारप्रतिको समर्पण तथा सामूहिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्ने बताएका छन्।

‘छठ पूजा–आराधनाको पर्व मात्र होइन, सामाजिक समरसता र सहअस्तित्वको उत्सव पनि हो। बाँसका डाला, सुपली, माटाका भाँडा, स्थानीय फलफूल, अन्न तथा परम्परागत सामग्रीको प्रयोगले हाम्रो रैथाने ज्ञान, श्रमसंस्कृति र स्थानीय उत्पादनप्रतिको सम्मानलाई उजागर गर्दछ’, उपराष्ट्रपति यादवद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

उनले छठमा प्रसादका रूपमा प्रयोग गरिने विशेष परिकारहरू ठेकुवा, भुसुवा, पिरुकिया, खजुरियालगायतले रैथाने संस्कृतिको संरक्षणमा टेवा पुग्ने जनाउँदै विभिन्न समुदाय, पेसा र वर्गका मानिसको साझा सहभागिताले छठ पर्वलाई सामाजिक एकता र पारस्परिक सहयोगको जीवन्त पर्वका रूपमा स्थापित गरेको बताएका छन्।

नदी, पोखरी, तलाउ र जलाशयको सरसफाइ तथा संरक्षणसँग जोडिएको छठ पर्वले वातावरणीय चेतना र प्राकृतिक स्रोतहरूको संरक्षणप्रतिको जिम्मेवारीसमेत बोध गराउने उनको भनाइ छ।

उपराष्ट्रपति यादवले छठ पर्वले सम्पूर्ण नेपालीमा सत्य, सेवा, सदाचार, अनुशासन र सहकार्यको भावना विकास गरोस् भनी कामना गरे। उनले सूर्यदेव र छठी माताको कृपाले प्रत्येक नेपालीको जीवनमा आशा, उत्साह, स्वास्थ्य, सुख र सफलताको प्रकाश फैलियोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ ०७:०१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
43m ago
छठ पर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव

छठ पर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । छठ महापर्व, २०८३ का अवसरमा आज शुभका...

#उपराष्ट्रपति #यादव #एकता
Compare →
Ekantipur
42m ago
छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

छठले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भाव जगाउँछ : कांग्रेस सभापति थापा

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कांग्रेस सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताका कारण यस पर्वको विशेष महत्त्व रहेको बताएका हुन् ।

#बताए #पर्व #छठले
Compare →
Onlinekhabar
1h ago
छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास

छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास

२९ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि, मौलिक संस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले …

#एकता #पर्व
Compare →
Arthasansar
13h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#यादव
Compare →

Related Stories

National (Nepal)
Build #2612