Trending
Prev Story
Next Story

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

Nagarik News •
November 15, 2026 • 01:53 AM
3
3 reads 0 reactions

सन् २०२३ मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएका थिए। त्यसयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको यो पहिलोपटक हो।

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

पाकिस्तानले आगामी साता भारतको नयाँदिल्लीमा आयोजना हुने क्षेत्रीय कार्यक्रममा सहभागी हुन जलवायु परिवर्तन मन्त्री मुसादिक मसुद मलिकलाई पठाउने भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले शनिबार यसको पुष्टि गरेको हो।

सन् २०२५ मा भारत र पाकिस्तानबिच चार दिनसम्म सैन्य द्वन्द्व भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, मुसादिक मलिकले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने ‘सांघाई सहयोग संगठन (एससीओ) सभ्यतासम्बन्धी संवाद’मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन्।

सन् २०२३ मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएका थिए। त्यसयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको यो पहिलोपटक हो।

परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबिच लामो समयदेखि अविश्वास रहँदै आएको छ। सन् १९४७ मा स्वतन्त्र भएयता यी दुई देशबिच पटक–पटक युद्ध र सैन्य तनाव उत्पन्न भएका छन्। यसको प्रमुख कारण मुस्लिम बहुल कश्मीर क्षेत्रमाथि दुवै देशले गर्दै आएको दाबी हो।

सन् २०२५ मे महिनामा कश्मीरमा बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच चार दिनसम्म सैन्य द्वन्द्व भएको थियो। मारिने पर्यटकमध्ये अधिकांश हिन्दु थिए।

भारतले उक्त घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो। तर, पाकिस्तानले भने उक्त आरोप अस्वीकार गरेको थियो।

घटनापछि दुवै देशले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका थिए। त्यसपछि तनाव बढ्दै जाँदा दुवै पक्षबिच क्षेप्यास्त्र, ड्रोन र तोपखानामार्फत आक्रमण तथा प्रत्याक्रमण भएको थियो। उक्त द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गएको थियो।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान सरकार एससीओको ढाँचाभित्र रहेर आपसी सम्मानका आधारमा विभिन्न सभ्यताबिच संवाद प्रवर्द्धन गर्न र जनस्तरको सम्पर्क विस्तार गर्न प्रतिबद्ध छ।’

प्रकाशित: २९ कार्तिक २०८३ ०७:३८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
भारत र पाकिस्तानले साफ च्याम्पियनसिपको उपाधिका लागि खेल्ने

भारत र पाकिस्तानले साफ च्याम्पियनसिपको उपाधिका लागि खेल्ने

काठमाडौँ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सम्पन्न सेमिफाइनलमा भारतले भुटानलाई तथा पाकिस्तानले आयोजक बङ्गलादेशलाई पराजि...

#भारत #पाकिस्तान
Compare →
Ekantipur
8h ago
साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

#भारत #पाकिस्तान
Compare →
Onlinekhabar
53m ago
रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन भ्रमणमा जाँदैछन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । भ्रमणमा जान लागेको टोलीलाई पार्टी प्रवक्ता …

#भ्रमण #जाँदै
Compare →
Bizshala
1d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612