Trending
Prev Story
Next Story

एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

Ekantipur •
November 15, 2026 • 11:02 AM
4
4 reads 0 reactions

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

काठमाडौँ — काठमाडौं– कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीका लागि यो सान्त्वना जित मात्रै रह्यो र छ अंक बटुल्न सफल रह्यो ।

चितवन भने यसअघि नै प्ले–अफ पुगिसकेको हो । हारले चितवन सात अंकमै सीमित रहेर चौथो स्थानमा रह्यो । चितवन सात अंकमै प्ले–अफ पुग्ने पहिलो टिम पनि भएको छ । जितका लागि १ सय ५४ रन पछ्याएको चितवनले जवाफमा १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि ओपनर कामिल मिश्राले २५ रन बनाए । उस्मा मिरले २३ बलमा नटआउट २८ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीका बलरमध्ये हुसेन तलातले १७ रनमा ३ विकेट लिए ।

यसअघि कर्णालीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । टाेलीले ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । त्यसमा तलातले ३३ बलको सामना गरेर ५१ रन बनाए र नटआउट पनि रहे । त्यसमा दुई चौका र तीन छक्का सामेल थियो ।

अर्का नटआउट ब्याटर नन्दन यादवले दुई रन बनाए । यसअघि ओपनर सचिन शर्मा शून्यमै आउट भए भने दीपक डुम्रेले पनि ७ रन मात्र बनाए । कप्तान डेविड मिलरले पनि खासै ठूलो योगदान दिन सकेनन् । उनी ५ रन बनाएर आउट भए ।

अर्को ओपनर अरिफुल इस्लामले भने १५ बलमा ३५ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । सोमपाल कामीले ४ र मार्क वाटले ६ रनको मात्र योगदान गरे । गुलशन झाले भने ६ बलमा १८ रन जोडे । कमल ऐरी, सलाउद्दिन खान र उस्मा मिरले समान दुई विकेट हात पारे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
एनपीएल तेस्रो संस्करण: कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

एनपीएल तेस्रो संस्करण: कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैद...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
45m ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
50m ago
हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

२९ कात्तिक, काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
5h ago
एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Bizshala
17m ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →

Related Stories

Sports
Build #2612