Trending
Prev Story
Next Story

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई प्रदीप पौडेलको चेतावनी

Ekantipur •
November 15, 2026 • 11:02 AM
4
4 reads 0 reactions

उनले निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई प्रदीप पौडेलको चेतावनी

उनले निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।

स्याङ्जा — कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए ।

कांग्रेस स्याङ्जा-२ (क)को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने कांग्रेस पार्टीको आवाज दबाउने प्रयास भइरहेको बताए । निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसलाई कमजोर बनाएर देशमा लोकतन्त्र नै कमजोर बनाउने खेल भइरहेको भन्दै उनले मुद्दा हाल्दैमा २ जना सभापति नहुने स्पष्ट पारे । सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने उदाहरण दिँदै उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने धारणा राखे ।

वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए । सरकार नागरिकको विश्वास गुमाउँदै गएको उनले बताए ।

कांग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले कांग्रेस राजनीतिको विश्वविद्यालय भएको बताए ।

उनले आगामी ९ मंसिरदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै ‘हामी तयार छौँ’ भन्ने अभियान सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सबै राजनीतिक दल एउटै हुन् भन्ने भास्य निर्माण भइरहेको अवस्थामा कांग्रेस अन्य दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए । कांग्रेसले आफ्नो इतिहास, विचार र योगदान जनतामाँझ स्पष्ट पार्न सके पार्टी पुनः पुरानै गौरवशाली इतिहासमा फर्किने उनले बताए ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
17h ago
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने उनले बताए।...

#शासन #कांग्रेस #पौडेल
Compare →
Onlinekhabar
2d ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस #पौडेल #निर्वाचन
Compare →
Nagarik News
2d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #पौडेल
Compare →

Related Stories

Politics & Governance
Build #2612