Trending
Prev Story
Next Story

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट

Ekantipur •
November 15, 2026 • 11:02 AM
3
3 reads 0 reactions

सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट

सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्

तेहरान — इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ । आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका थिए ।

सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए ।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ ।

इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

आईआरजीसीले हर्मुज जलमार्ग बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ ।

इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । युद्धका क्रममा इरानले हर्मुज जलमार्गबाट हुने ढुवानीमा अवरोध सिर्जना गर्नुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ ।

बहराइनमा अमेरिकाको जलसेनाको अखडा रहेको छ । यसअघि शुक्रबार पनि आईआरजीसीले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो ।

खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा थप असर पार्न सक्ने चिन्ता बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।

#विस्फोट #बहराइन #इरान
Compare →
Hamro Patro News
2h ago
स्ट्रेट अफ होर्मुज आफ्नो पूर्ण नियन्त्रणमा रहेको इरानको दाबी, बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण

स्ट्रेट अफ होर्मुज आफ्नो पूर्ण नियन्त्रणमा रहेको इरानको दाबी, बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण

काठमाडौं– इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो पूर्ण नियन्त्रण कायम रहेको दावी गरेको छ । उसले होर्मुजमाथि नियन्त्रण कायम राख्न र यो मार्ग प्रयोग गर्ने देश तथा कम्पनीहरूलाई आफूसँग समन्वय गर्न बाध्य प...

#बहराइन #इरान #ड्रोन
Compare →
Arthasansar
1d ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#विस्फोट
Compare →
Onlinekhabar
1d ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, पूर्वयुक्रेनी प्रधानमन्त्रीका सल्लाहकार घाइते

२८ कात्तिक, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा पूर्वयुक्रेनी प्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार विस्फोट हुँदा जाभोरोत्नी कार चलाइरहेका थिए। दुर्घटनापछि उनलाई अस्पताल भर्ना गरिएको …

#विस्फोट
Compare →
Bizshala
9m ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#इरान #अमेरिकी
Compare →

Related Stories

World News
Build #2612