Trending
Prev Story
Next Story

राष्ट्रपतिले मनाए छठ, गुह्येश्वरीमा छठीमाताको पूजाआराधना

Onlinekhabar •
November 15, 2026 • 12:31 PM
2
2 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित बागमती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घदान गरेका छन् । प्रथम महिला सविता पौडेलसहित छठ पूजास्थल पुगेर राष्ट्रपति पौडेलले छठी माताको …

राष्ट्रपतिले मनाए छठ, गुह्येश्वरीमा छठीमाताको पूजाआराधना

२९ कात्तिक, काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित बागमती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घदान गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित छठ पूजास्थल पुगेर राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए ।

राष्ट्रपति पौडेलले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिएर छठ पर्व मनाउँदै छन् ।

राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरू तथा छठ पूजा समिति तथा गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरूले स्वागत गरेका थिए ।

चारदिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ दान गरेका व्रतालु रातभर छठ घाटमै जाग्राम बस्छन् । कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दान गरेपछि छठ पर्व समाप्त हुन्छ । छठ घाटमा बस्न नसक्ने व्रतालु भने आज बेलुकीको कर्म सकेर सोमबार बिहानै घाटमा पुगी व्रत समापन गर्छन् ।

छठ पर्वमा सहभागी हुने क्रममा पशुपति क्षेत्रमा हजारौँ भक्तजनको उपस्थिति रहेको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको सूर्य पुराणमा उल्लेख छ ।

पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा व्रत बस्न नसक्ने व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका र व्रत गर्न इच्छुकलाई गुह्येश्वरीमा आई निःशुल्क रुपमा व्रत बस्नसक्ने व्यवस्था गरिएको पनि अध्यक्ष सिंहले जानकारी दिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थ...

#राष्ट्रपति #पौडेल #छठी
Compare →
Nagarik News
11h ago
सुशासन र समृद्धिमा छठी माता र सूर्य भगवानको कृपा बनिरहनेछ : राष्ट्रपति पौडेल

सुशासन र समृद्धिमा छठी माता र सूर्य भगवानको कृपा बनिरहनेछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

#राष्ट्रपति #पौडेल #पर्व
Compare →

Related Stories

World News
Build #2612