काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ म्युचुअल फण्ड–२ का १२ करोड ५० लाख इकाइ सूचीकृत भएको छ ।
मुक्तिनाथ सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–२ का प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका कुल १२ करोड ५० लाख इकाइ सूचीकृत भएका हुन्।
यसअनुसार नेप्सेमा सूचीकृत भएको उक्त योजनाको कुल अंकित मूल्य १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।
नेप्सेले सार्वजनिक गरेको सूचनाअनुसार उक्त म्युचुअल फण्डको इकाइ कारोबार मंसिर २ गते बुधबारदेखि दोस्रो बजारमा सुरु हुनेछ।
लगानीकर्ताले नेप्सेमा MNMF2 कारोबार संकेतमार्फत उक्त योजनाका इकाइ खरिदबिक्री गर्न सक्नेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।