Trending
Prev Story
Next Story

मुक्तिनाथ कृषि कम्पनीको नाफा ६६ प्रतिशतले बढ्यो, तीन महिनामै १ करोड ८३ लाख कमाइ

Bizshala •
November 16, 2026 • 08:34 AM
4
4 reads 0 reactions

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य वृद्धि गरेको...

मुक्तिनाथ कृषि कम्पनीको नाफा ६६ प्रतिशतले बढ्यो, तीन महिनामै १ करोड ८३ लाख कमाइ

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीको व्यापार विस्तारसँगै खुद नाफा ६६.५ प्रतिशतले बढेको हो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ करोड ८३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १० लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १६ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी बढेर यस वर्ष २७ करोड ६८ लाख ७४ हजार रुपैयाँ पुगेको छ। यो करिब ६६.८ प्रतिशतको वृद्धि हो।

कम्पनीको कुल आम्दानी ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड २० लाख ४६ हजार रुपैयाँ थियो।

त्यस्तै कम्पनीको सञ्चालन खर्च ३ करोड ३३ लाख १६ हजार रुपैयाँ रहेको छ भने करअघिको नाफा २ करोड ४४ लाख १८ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्तापूँजी ७५ करोड ६० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति १ अर्ब ८० करोड ४७ लाख ८६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कुल सम्पत्ति १ अर्ब ३३ करोड १२ लाख २९ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको कुल इक्विटी ८० करोड ८६ लाख ४५ हजार रुपैयाँ र कुल दायित्व ९९ करोड ६१ लाख ४१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ६९ पैसा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ईपीएस ६ रुपैयाँ २९ पैसा थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3h ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको...

#नाफा #त्रैमास #उल्लेख्य
Compare →
Ekantipur
1d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →
Onlinekhabar
1d ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा
Compare →
Nagarik News
1d ago
साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित

साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित

साहित्यकार हरि कट्टेल मुक्तिनाथ साहित्य सम्मान २०८३ बाट सम्मानित भएका छन्।

#मुक्तिनाथ
Compare →
Hamro Patro News
1d ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612