Trending
Prev Story
Next Story

साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित

Nagarik News •
November 15, 2026 • 02:05 AM
2
2 reads 0 reactions

साहित्यकार हरि कट्टेल मुक्तिनाथ साहित्य सम्मान २०८३ बाट सम्मानित भएका छन्।

साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानित

साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान-२०८३’  बाट सम्मानित भएका छन्।

सोलुखुम्बुको नेचा सल्यानमा आयोजित एक कार्यक्रमका बीच साहित्यकार कट्टेललाई रू ८८४८ नगद, सम्मानपत्र, मेडल र दोसल्लासहित सम्मान गरिएकाे हाे।

सोलुखुम्बु इनिसियटिभले नेपाली भाषा साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत उनलाई सम्मान गरेकाे हाे।

संस्थाले एक साहित्यिक कोषको व्यवस्था गरी राष्ट्रिय रूपमा ख्यातिप्राप्त साहित्यकारलाई प्रत्येक वर्ष यो सम्मान  प्रदान गर्ने गरेको छ।

गत साल डा. रेणुका थापालाई यो सम्मान अर्पण गरिएको थियो भने यस वर्षका लागि कवि हरि कट्टेल र हाल युके प्रवासमा रहेका डा. मुलीवीर राईलाई विभूषित गरिएको छ।

दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभासद बुद्धिकुमार राजभण्डारीले सम्मानपत्र, नगद र दोसल्लाले सम्मान गरेका थिए।

विशिष्ट अतिथि नेचा सल्यान गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राई समेत रहेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बास्तोलाले गरेका थिए।

साहित्यकार कट्टेल कविता र समालोचनाकाे क्षेत्रमा लाेकप्रिय छन्। हाल विराटनगरमा बसोबास गर्ने उनी सोलुखुम्बुमा नै जन्मिएका हुन्।

प्रकाशित: २९ कार्तिक २०८३ ०७:५० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ । नयाँब...

#सम्मान #सम्मानित
Compare →
Ekantipur
6d ago
देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

क्लब प्रांगणमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो ।

#सम्मान #सम्मानित
Compare →
Onlinekhabar
1w ago
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

२१ कात्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार …

#साहित्यकार #साहित्य
Compare →
Bizshala
6d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#मुक्तिनाथ
Compare →
Arthasansar
1w ago
भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री...

#मुक्तिनाथ
Compare →

Related Stories

World News
Build #2612