Trending
Prev Story
Next Story

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

Onlinekhabar •
November 07, 2026 • 02:31 PM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार …

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

२१ कात्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ ।

पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरे ।

पूर्वसहसचिवसमेत रहनुभएकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासङ्ग्रह र ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रासङ्ग्रह, नेपाल भाषाका ‘रङ्गीचङ्गी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ तथा अङ्ग्रेजी भाषाको ‘मदर हु नेम्ड मी सत्य’ पुस्तक विमोचन गरिएको हो ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले नेपाली साहित्यको विकासमा श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताए । उनले राष्ट्रसेवक कर्मचारीले अवकाशपछि पनि साहित्य सिर्जनामार्फत समाज र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनु सकारात्मक भएको उल्लेख गरे ।

कार्यक्रममा पूर्वमुख्यसचिव डा कोइरालाले श्रेष्ठ निरन्तर सिर्जनामा सक्रिय साहित्यकार भएको उल्लेख गर्दै उहाँका कृतिमा विविध विधा र अनुभव समेटिएको बताए । ‘सपनाको उडान’ कथासङ्ग्रहमा कथासँगै निबन्धात्मक अनुभूति पनि समेटिएको उनको भनाइ थियो ।

वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले श्रेष्ठका पाँचवटै कृतिमा सरलता र इमानदारिता झल्किएको बताए । अवकाशपछि आठ दशकको उमेरमा समेत साहित्य सिर्जनालाई निरन्तरता दिँदै १७ कृति प्रकाशन गर्नु उल्लेखनीय उपलब्धि भएको उनको भनाइ थियो ।

लेखक श्रेष्ठले ‘सपनाको उडान’ कथासङ्ग्रहमा समाजका विकृति र विसङ्गतिलाई विषयवस्तु बनाइएको जानकारी दिए । ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रामा सरकारी सेवामा रहँदा विभिन्न देशको भ्रमणका क्रममा प्राप्त अनुभव समेटिएको उनले बताए ।

कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र विवशले श्रेष्ठका कृतिमा माटोप्रतिको अगाध प्रेम अभिव्यक्त भएको बताए भने साहित्यकार भागीरथी श्रेष्ठले उनको कथासङ्ग्रहमा सरल र मिठासपूर्ण भाषाशैली रहेको उल्लेख गरिन् ।

प्राडा सविना श्रेष्ठले कोरोना महामारीको समयदेखि नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएकी मोतीशोभाका हालसम्म १७ कृति प्रकाशित भएको जानकारी दिइन् । उनका अनुसार श्रेष्ठका नेपाली भाषामा १०, नेपाल भाषामा चार र अङ्ग्रेजी भाषामा तीन कृति प्रकाशित छन् ।

प्राडा सिर्जना श्रेष्ठले साहित्य सिर्जनामा इमानदारिता आवश्यक हुने र त्यो गुण मोतीशोभाका कृतिमा पाइने बताइन् । सो अवसरमा नेपाल भाषा फाउण्डेसनले लेखक श्रेष्ठलाई सम्मान गरेको थियो । फाउण्डेशनका अध्यक्ष मङ्गलमान शाक्यले उनलाई सम्मान गर्नुभएको हो । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
6d ago
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

पूर्वअर्थमन्त्री शंकर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरेका हुन् ।

#साहित्यकार #विमोचन #कोइराला
Compare →
Hamro Patro News
4d ago
भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्‍याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौल...

#भाषा #कृति
Compare →

Related Stories

World News
Build #2611