Trending
Prev Story
Next Story

नाफामा फर्कियो एनएलजी इन्स्योरेन्स, पहिलो त्रैमासमै कमायो ३ करोड ५३ लाख

Arthasansar •
November 16, 2026 • 07:35 AM
3
3 reads 0 reactions

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा घाटाबाट नाफामा फर्किएको छ । गत आवको सोही अवधिमा १० करोड...

नाफामा फर्कियो एनएलजी इन्स्योरेन्स, पहिलो त्रैमासमै कमायो ३ करोड ५३ लाख

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा घाटाबाट नाफामा फर्किएको छ । गत आवको सोही अवधिमा १० करोड १० लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको कम्पनीले चालु आवको पहिलो त्रैमासिकसम्ममा ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्ष ठूलो घाटामा रहेको कम्पनी यस वर्ष नाफामा फर्किनुका साथै बीमाशुल्क आर्जन र कुल आम्दानीमा पनि सुधार गर्न सफल भएको छ । कम्पनीको प्रतिसेयर आम्दानीसमेत ऋणात्मक अवस्थाबाट धनात्मक भएको छ । कम्पनीको कुल बीमाशुल्कमा ४२.८१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८२ करोड २१ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासिकमा १७ करोड ५७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २१ करोड १० लाख रुपैयाँ पुगेको छ।

बीमाशुल्क आर्जनमा भएको वृद्धिसँगै कम्पनीको कुल आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३९ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ४७ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा २१.५९ प्रतिशत बढी हो। कम्पनीको नाफा बढ्नुमा दाबी भुक्तानी र सञ्चालन खर्चमा आएको कमीले पनि सहयोग गरेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६४ करोड २३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५५ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसअनुसार दाबी भुक्तानी रकम १३.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासमा ५४ करोड २७ लाख रुपैयाँ रहेको सञ्चालन खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४४ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । खर्चमा भएको १७.९३ प्रतिशतको कमीले कम्पनीको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ। नाफामा सुधार आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक १५ रुपैयाँ ७६ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५ रुपैयाँ ३० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। त्यस्तै विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यमा ९ अर्ब ५ करोड रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #त्रैमासिक #त्रैमास
Compare →
Bizshala
1d ago
साहस ऊर्जाको नाफा २१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ६० करोड

साहस ऊर्जाको नाफा २१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ६० करोड

काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत...

#नाफा #त्रैमास #कमायो
Compare →
Onlinekhabar
1d ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा #कमायो
Compare →
Ekantipur
1d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612