Trending
Prev Story
Next Story

निरन्तर कमजाेर बन्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, नाफा ५७ करोड ऋणात्मक

Arthasansar •
November 16, 2026 • 05:35 AM
3
3 reads 0 reactions

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बाढी पहिरो तथा आन्दोलनले...

निरन्तर कमजाेर बन्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स,  नाफा ५७ करोड ऋणात्मक

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बाढी पहिरो तथा आन्दोलनले थलिएको यो कम्पनीको सबै जसो सूचक नकारात्मक अवस्थामा रहेका छन् ।

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनी ५७ करोड ३० लाख रुपैयाँले नोक्सानीमा रहेको छ । गत वर्षको पहिलो त्रैमासिकमा कम्पनी १० करोड ९३ रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो त्रैमासिकसम्म खुद आर्जित बीमाशुल्क २७ करोड ६२ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड ४१ लाख ५१ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी पनि ४५ करोड १० लाख ७२ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ४२ लाख ३० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो। कुल आम्दानी ४३.९१ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ४१ करोड १३ लाख ७० हजारबाट घटेर ३६ करोड २१ लाख २० हजार रुपैयाँमा झरेको छ। यता, कम्पनीले भुक्तानी गरेको कुल दाबी रकम भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ३२ करोड ९३ लाख ३८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५१ करोड ८२ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ १८ पैसाले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८४ पैसा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
22h ago
हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक...

#हिमालयन #नाफा
Compare →
Onlinekhabar
23h ago
आम्दानीसँगै बढ्यो हिमालयन डिस्टिलरीको नाफा

आम्दानीसँगै बढ्यो हिमालयन डिस्टिलरीको नाफा

२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड …

#हिमालयन #नाफा
Compare →
Hamro Patro News
2d ago
‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ लाई ‘हिमालयन पोलिटीको-क्लाइमेट फोरम’ बनाउने बालेन सपना

‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ लाई ‘हिमालयन पोलिटीको-क्लाइमेट फोरम’ बनाउने बालेन सपना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा अघि सारेको ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ (एचसीआरएम) को अवधारणालाई थप विस्तार गरी ‘हिमालयन पोलिटीको-क्लाइमेट फ...

#हिमालयन
Compare →
Ekantipur
23h ago
हिमालयन डिस्टिलरीको नाफा दुई गुणाभन्दा धेरैले बढ्यो

हिमालयन डिस्टिलरीको नाफा दुई गुणाभन्दा धेरैले बढ्यो

यसअघि कम्पनीले नौ करोड दुई लाख नाफा आर्जन गरेकोमा यसपटक २१ करोड ४९ लाख गरेको हो।

#हिमालयन #नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612