यसअघि कम्पनीले नौ करोड दुई लाख नाफा आर्जन गरेकोमा यसपटक २१ करोड ४९ लाख गरेको हो।
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालय डिस्टिलरीको नाफा दुई गुणाभन्दा धेरैले बढेको छ।
यसअघि कम्पनीले नौ करोड दुई लाख नाफा आर्जन गरेकोमा यसपटक २१ करोड ४९ लाख गरेको हो।
कम्पनीले उत्पादन बिक्रीबाट गरेको आम्दानी नै ६४ प्रतिशतभन्दा धेरैले बढेको छ।
यसअघि एक अर्ब ७ करोड रूपैयाँ यस्तो आम्दानी गरेको कम्पनीले हाल एक अर्ब ७६ करोड रूपैयाँ गरेको हो।
यसको प्रति सेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा छ। प्रेसर नेटवर्थ एक सय ४७ रूपैयाँ छ। हाल यसको प्रतिकित्ता सेयर
एक हजार तीन सय दुई रूपैयाँमा कारोबार भइरहेको छ।