Trending
Prev Story
Next Story

हिमालयन डिस्टिलरीको नाफामा १३८ प्रतिशतको उछाल, अन्य सूचकमा पनि चमक

Arthasansar •
November 15, 2026 • 05:05 AM
3
3 reads 0 reactions

हिमालयन डिस्टिलरीको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण...

हिमालयन डिस्टिलरीको नाफामा १३८ प्रतिशतको उछाल, अन्य सूचकमा पनि चमक

हिमालयन डिस्टिलरीको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३८.१८ प्रतिशतले बढी हो । गत आव २०८२/८३ को असोजसम्म कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्री गरेर १ अर्ब ७६ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ६३.८७ प्रतिशतले बढेको छ ।

चुक्तापुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा १ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असोजसम्म रिजर्भ र सरप्लसमा १ अर्ब १८ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा रिजर्भ र सरप्लसको आकार ३२.६२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधि कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३.३२ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ९.७९ रुपैयाँ थियो । पीई रेसियो ५६.१४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४९ रुपैयाँ रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Bizshala
1w ago
दोल्ती पावरको नाफा ३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

दोल्ती पावरको नाफा ३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ५७ लाख ८० हजार रुपैयाँ खुद...

#नाफा #सूचक
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #सूचक
Compare →

Related Stories

Science & Climate
Build #2612