Trending
Prev Story
Next Story

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

Ekantipur •
November 13, 2026 • 10:02 AM
1
1 reads 0 reactions

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

काठमाडौँ — शुक्रबार समग्र बजार सूचक नेप्से ६ अंकले घट्यो । कारोबारमा आएका समूहहरूमध्ये होटेल समूहको परिसूचक भने शुक्रबार अधिकांश समय बढ्यो । यो समूह बजार बन्द हुँदा १७ अंकले बढेर ७०३३ विन्दुमा पुग्यो ।

यो समूहलाई बढाउन सोल्टी होटेलले मुख्य भूमिका खेल्यो । यद्यपि, कारोबारको अन्त्यमा बन्दीपुर केबलकारको मूल्य पनि बढ्यो ।

होटेलको सेयर मूल्य ५ रूपैयाँले बढेर ५५० रूपैयाँमा कारोबार भएको छ । सोल्टी होटेलको सेयर मूल्य बढ्नुको मुख्य कारण यसको वित्तीय विवरण सार्वजनिक हुनु हो ।

सोल्टी होटेलको चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासमा नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ । यसअघि यही अवधिमा यस्तो नाफा १२ करोड ३५ लाख रुपैयाँ थियो ।

यसको सेवा बिक्रीबाट भएको आम्दानी पनि १४ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तो आम्दानी ६२ करोड रुपैयाँबाट बढेर ७२ करोड रुपैयाँ पुगेको हो ।

होटेलले गत आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश घोषणा गरिसकेको छैन । त्यसअघि यसले ३१ प्रतिशत लाभांश दिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
9h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#सोल्टी #नाफा
Compare →
Bizshala
13h ago
सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो...

#सोल्टी #नाफा
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #सूचक
Compare →

Related Stories

Business & Economy
Build #2611