युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिसम्ममा कम्पनीको नाफा १६ प्रतिशतले घटेको छ । कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड रुपैयाँ थियो । नाफामा गिरावट आए पनि कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी १२ प्रतिशतले वृद्धि भएको छ ।
Read full story at source ( arthasansar.com )