२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ ।
शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो । कारोबार रकम ३ अर्ब ५ करोडमा खुम्चिएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोडको भएको थियो। धेरैजसो समूहगत सूचक घटेका छन् ।
बैंकिङ ०.२३, फाइनान्स ०.४७, लगानी ०.२२, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.७९, माइक्रोफाइनान्स ०.४३, तथा अन्य ०.९४ प्रतिशत घटे । निर्जीवन बीमा ०.३३, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.२७ तथा विकास बैंक ०.०४ प्रतिशत बढे ।
स्वेत गंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशत बढ्यो । सामलिङ पावरको ५.८७, एसियन हाइड्रोपावरको ५.२६, बेनी हाइड्रोपावरको ३.९३, सोपान फर्मास्युटिकल्सको ३.४५ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५६, घोराही सिमेन्टको ७.८७, सर्वोत्तम पेन्ट्सको ४.९५ तथा सीवाईसी लघुवित्तको ४.९२ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहे ।