Trending
Prev Story
Next Story

सिटिजन लाइफले नाफामा २३ प्रतिशतको गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

Arthasansar •
November 06, 2026 • 05:34 AM
1
1 reads 0 reactions

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक...

सिटिजन लाइफले नाफामा २३ प्रतिशतको गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा २३.९० प्रतिशतले नाफामा गिरवाट आएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १३.०८ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

यस्तै कम्पनीको कुल खर्च पनि १४.९६ प्रतिशतले बढेर २ अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च २ अर्ब ५८ करोड ३६ लाख लरुपैयाँ रहेको थियो । आम्दानीको तुलनामा खर्चको वृद्धिदर बढी हुँदा कम्पनीको नाफामा दबाब परेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १६.८२ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कर्जा तथा लगानीबाट प्राप्त आम्दानी भने ०.७३ प्रतिशतले घटेर ५४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस्तो आम्दानी ५४ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जीवन बीमा कोषमा उल्लेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको सोही अवधिसम्म आइपुग्दा ३५.०७ प्रतिशतले बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको महाविपत्ति कोष ३.७१ प्रतिशतले बढेर २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चित मुनाफा १७.८१ प्रतिशतले वृद्धि भएर ५८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको अभिकर्ता कमिसन खर्च १४.९४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० रुपैयाँ ५२ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म घटेर ८ रुपैयाँ १ पैसामा झरेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
8h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Bizshala
8h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा
Compare →
Hamro Patro News
11h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो । कार्तिक २...

#गिरावट
Compare →

Related Stories

Business & Economy
Build #2611