Trending
Prev Story
Next Story

एनपीएलको मैदानबाट जलवायु सम्बन्धी आवाज

Ekantipur •
November 15, 2026 • 06:32 AM
8
8 reads 0 reactions

खेल चलिरहेका बेला विद्यार्थीहरूले ‘क्लाइमेट जस्टिस’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु न्यायको माग गरेका हुन्।

एनपीएलको मैदानबाट जलवायु सम्बन्धी आवाज

खेल चलिरहेका बेला विद्यार्थीहरूले ‘क्लाइमेट जस्टिस’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु न्यायको माग गरेका हुन्।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच भएको खेलका क्रममा विद्यार्थीहरूले जलवायु संकटबारे आवाज उठाएका छन्।

खेल चलिरहेका बेला विद्यार्थीहरूले ‘क्लाइमेट जस्टिस’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु न्यायको माग गरेका हुन्।

बाढीपहिरो तथा जलवायुजन्य विपद्बाट प्रभावित नागरिकको पीडालाई स्मरण गराउँदै उनीहरूले जलवायु संकटप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष दुजाङ शेर्पाको पहलमा भएको उक्त प्रदर्शनलाई युवापुस्ताले जलवायु संकटका विषयमा सार्वजनिक मञ्चबाट आवाज उठाउने प्रयासका रूपमा लिइएको छ।

शेर्पाले यो केवल प्रदर्शन नभई न्याय र जवाफदेहीताका लागि युवापुस्ताले उठाएको आवाज भएको बताए। ‘जलवायु न्याय चाहिन्छ, आश्वासन होइन; जवाफदेहिता चाहिन्छ, मौनता होइन,’ प्रदर्शनको सन्देश थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
एनपीएलको मैदानबाट जलवायु सम्बन्धी आवाज

एनपीएलको मैदानबाट जलवायु सम्बन्धी आवाज

एनपीएलको मैदानबाट जलवायु सम्बन्धी आवाज खेल चलिरहेका बेला विद्यार्थीहरूले ‘क्लाइमेट जस्टिस’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु न्यायको माग गरेका हुन्। कार्तिक २९, २०८३ कान्तिपुर संवाददाता क...

#जलवायु #एनपीएल #चलिरहे
Compare →
Nagarik News
6h ago
यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका

यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ।

#एनपीएल
Compare →
Onlinekhabar
16h ago
शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा …

#जलवायु
Compare →

Related Stories

Science & Climate
Build #2612