Trending
Prev Story
Next Story

शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

Onlinekhabar •
November 15, 2026 • 04:01 PM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा …

शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई समावेश गर्न लागेको बताएका हुन् ।

उनले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिए ।

छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु सङ्कटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरेका थिए ।

एकातर्फ हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण पठनपाठन अवरुद्ध भइरहेको छ भने अर्कातर्फ विगतमा विपद् जोखिम मूल्याङ्कन नगरी बनाइएका भौतिक संरचना असुरक्षित बनेको उनले बताए ।

केही महिनाअघि नेपालमा नदीको सतह सामान्य उचाइभन्दा निकै माथिसम्म पुगी केही सेकेन्डभित्रै बस्तीसहित विद्यालय भवनमा क्षति पुगेको उदाहरण दिँदै उनले अब यी कुराहरूको मूल्याङ्कनमा आधारित पूर्वाधार विकास अपरिहार्य भएको बताए ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका ९० वटा विद्यालयमा गरिएको सफल परीक्षण (पाइलट प्रोजेक्ट) को सिकाइका आधारमा हाल देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र राष्ट्रिय भवन संहिताअनुसार न्यूनतम ६० प्रतिशत खुला क्षेत्र भए/नभएको विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए ।

उक्त अध्ययनपछि बन्ने गुरुयोजना (मास्टर प्लान) ले सुरक्षित विद्यालय निर्माण गर्नुका साथै राज्यको स्रोतसाधनको दिगो व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता अछुतो नरहने भएकाले वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक र वैज्ञानिक सहकार्यमार्फत विश्व समुदाय एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनःसंरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्यरूपमा समावेश गर्ने प्रक्रिया अघि बढ...

#जलवायु #पाठ्यक्रम #पोखरेल
Compare →
Nagarik News
2h ago
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : मन्त्री पोखरेल

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : मन्त्री पोखरेल

मन्त्री पोखरेलले जलवायु संकटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरे।

#जलवायु #पाठ्यक्रम #पोखरेल
Compare →
Ekantipur
6h ago
‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको ६ देखि १२ कक्षासम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने छन् ।

#जलवायु #विद्यालय
Compare →
Bizshala
2d ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु
Compare →

Related Stories

Education & Youth
Build #2612