Trending
Prev Story
Next Story

जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

Onlinekhabar •
November 15, 2026 • 09:01 AM
3
3 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । तुर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं …

जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

२९ कात्तिक, काठमाडौं । तुर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।

उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औं (नयाँ) सदस्यका रूपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे ।

विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी२०  समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग भेटमा अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोप–३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँच प्रभावशाली जलवायु दूतको छलफल भएको थियो ।

जसमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्ट थिए ।

हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे अर्थमन्त्रीले छलफल गरे । जेनेभास्थित विश्व मौसम–विज्ञान संगठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रमलाई अर्थमन्त्री वाग्लेले विशेष सम्बोधन गरे ।

जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्री वाग्लेले भेटघाट गरे । उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिए ।

सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्री लगायत विश्वकै १ सय प्रभावशाली व्यक्तिको सम्मानमा आयोजित एक कार्यक्रममा पनि उनी सहभागी भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरूमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।

#जलवायु #सहभागी #अर्थमन्त्री
Compare →
Hamro Patro News
1d ago
‘कोप ३१’मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

‘कोप ३१’मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । तुर्कीएको अन्ताल्यामा नोभ...

#जलवायु #सहभागी #स्वदेश
Compare →
Ekantipur
1d ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

#जलवायु #वित्तसम्बन्धी
Compare →
Bizshala
1d ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु
Compare →

Related Stories

Politics & Governance
Build #2612