Trending
Prev Story
Next Story

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ

Nagarik News •
November 16, 2026 • 01:25 AM
3
3 reads 0 reactions

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन्।

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन्।

कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताए। 'प्रत्येक पक्षबाट सम्झौता र सहमति नभएसम्म सामूहिक सफलता सम्भव छैन', उनले भने, 'प्रत्येक देशको आफ्नै धारणा र आवाज छ। प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउन कठिन भए पनि त्यो अत्यन्तै महत्वपूर्ण काम हो।'

सम्मेलनमा करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै उनले दोस्रो सातामा प्रवेश गर्दा कठिन विषयमा शीघ्र छलफल अघि बढाउन र रणनीतिक रूपमा वार्ता लम्ब्याउने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।

विश्वव्यापी तापक्रम वृद्धिबाट सिर्जित आर्थिक भार र ऊर्जा बजारको अस्थिरताका कारण देशहरू जलवायु परिवर्तनका विषयमा थप केन्द्रित हुँदै गएको उनको भनाइ थियो। नवीकरणीय ऊर्जा आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा सुरक्षित र किफायती ऊर्जाको महत्वपूर्ण आधार बन्दै गएको उनले उल्लेख गरे।

विद्युतीकरण र जलवायु वित्तमा पहुँचलगायतका विषय वार्ताको प्राथमिकतामा रहेको बताउँदै उनले स्वच्छ ऊर्जा, सुदृढ पूर्वाधार, स्वच्छ उद्योग तथा विपद्बाट नागरिकको सुरक्षा जलवायु कार्यका महत्वपूर्ण क्षेत्र भएको बताए।

जलवायु सङ्कटको तत्काल समाधान सम्भव नभएको र एउटा सम्मेलनले मात्रै सङ्कट अन्त्य गर्न नसक्ने उल्लेख गर्दै उनले प्रत्येक सम्मेलनले ठोस प्रगति हासिल गर्नुपर्नेमा जोड दिए। जलवायु कार्यलाई सफल बनाउन अर्बौं मानिसलाई यस अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो।

यसका लागि जलवायु परिवर्तनका प्रभाव र समाधानलाई नागरिकको दैनिक जीवन, स्वास्थ्य, रोजगारी तथा सुलभ र भरपर्दो ऊर्जाको आवश्यकतासँग जोड्नुपर्ने उनले उल्लेख गरे।

यस क्रममा उनले खेलकुद, चलचित्र, सङ्गीत, टेलिभिजन तथा कलालाई जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरे। खेलकुद मानिसको परिवार, समुदाय र पहिचानसँग जोडिएको विषय भएकाले यसमार्फत जलवायु परिवर्तनको प्रभाव आमनागरिकसम्म पुर्याउन सकिने उनको भनाइ थियो।

विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मीका कारण खेलाडीको स्वास्थ्य र प्रदर्शन प्रभावित भएको तथा दर्शक अस्पताल भर्ना हुनुपरेको उदाहरण दिँदै उनले खेलकुद क्षेत्रलाई जलवायु परिवर्तनअनुकूल बनाउन आवश्यक रहेको बताए।

पत्रकार सम्मेलनमा टेलिमुन्डोकी पत्रकार भेनेस्सा हाउकले विश्वकप फुटबलका क्रममा जलवायु परिवर्तनका प्रभावबारे दर्शकलाई जानकारी गराउन सञ्चारमाध्यमले गरेको प्रयासबारे अनुभव सुनाए। उनले विश्वकपका खेलमा राखिएका पानी पिउने विश्रामका समयमा अत्यधिक गर्मी र उच्च आर्द्रताले खेलाडीको स्वास्थ्यमा पार्ने असरबारे चिकित्सक, खेलाडी तथा रेफ्रीसँग अन्तर्वार्ता गरी दर्शकलाई जानकारी गराएको बताए।

विश्वकपका करिब एक चौथाइ खेल मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मौसममा हुनसक्ने अध्ययनले देखाएको उल्लेख गर्दै उनले खेलका क्रममा पानी पिउने विश्रामलाई जलवायु विज्ञानसम्बन्धी जानकारी प्रवाह गर्ने अवसरका रूपमा उपयोग गरिएको बताए।

टेलिमुन्डोले त्यस्ता विश्रामका बेला विज्ञापन प्रसारण नगरी खेलाडीले पानी पिइरहेको तथा शरीरमा बरफ राखेर तापक्रम नियन्त्रण गर्ने प्रयास गरिरहेको दृश्य दर्शकलाई देखाएको जानकारी दिए।

जलवायु परिवर्तनको प्रभावसँगै त्यसका कारण र जिम्मेवारीका विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिँदै उनले मानिसको रुचि र चासो भएका क्षेत्रबाट जलवायु सञ्चारलाई अघि बढाउनुपर्ने बताए।

त्यसैगरी, भारतीय संस्था पीएलयुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु कार्यसँग जोड्नुपर्ने बताए।

भारतमा हरेक वर्ष २० भाषामा एक हजार ८०० भन्दा बढी चलचित्र निर्माण हुने उल्लेख गर्दै उनले चलचित्र उद्योग जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताए।

पीएलयुसीले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा भारतको पहिलो जलवायु विषयक पटकथा लेखन प्रयोगशाला सञ्चालन गरेको जानकारी दिँदै उनले कार्यक्रममा छ हजारभन्दा बढी पटकथा लेखकले आवेदन दिएकामा ६५ जना छनोट भएको बताए।

लेखकलाई जलवायु परिवर्तनकै विषयमा मात्र कथा लेख्न नभनी प्रेमकथा, त्रासदी तथा विज्ञानमा आधारित काल्पनिक कथालगायत लोकप्रिय विधामार्फत जलवायु विषय समेट्न प्रोत्साहित गरिएको उनले जानकारी दिए।

भारतका नौ प्रमुख चलचित्र निर्माण संस्थाबाट सुरु भएको उक्त पहलमा हाल १७० चलचित्र स्टुडियो सहभागी भएको र तिनको सहकार्यमा भारतको पहिलो हरित चलचित्र उत्पादन निर्देशिका तयार गरिएको उनले जानकारी दिए। उक्त निर्देशिकाले चलचित्र निर्माणका क्रममा उत्सर्जन घटाउन र वातावरणमैत्री उत्पादन अभ्यास अपनाउन सहयोग गर्ने उनको भनाइ थियो।

चलचित्रमा जलवायु परिवर्तनका विषय समेट्नुका साथै चलचित्र निर्माण प्रक्रियालाई स्वच्छ र कम उत्सर्जनयुक्त बनाउन आवश्यक रहेको उनले बताए। स्वच्छ ऊर्जा रूपान्तरण र सिर्जनात्मक अर्थतन्त्रलाई एकसाथ अघि बढाउन सके चलचित्र तथा मनोरञ्जन क्षेत्रले जलवायु कार्यका लागि नागरिकलाई प्रेरित गर्न सक्ने उनको विश्वास थियो। रासस

प्रकाशित: ३० कार्तिक २०८३ ०७:१० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४...

#जलवायु #कोप
Compare →
Ekantipur
1d ago
कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाएर परराष्ट्रमन्त्री खनाल फर्किए

कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाएर परराष्ट्रमन्त्री खनाल फर्किए

कोप–३१ मा अब हुने बैठक तथा वार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

#जलवायु #कोप
Compare →
Bizshala
2d ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →
Onlinekhabar
1d ago
कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच …

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2612