नेपालको भारतसँगको व्यापार घाटा थाम्नै नसक्ने गरी चुलिएकाले त्यसलाई न्यूनीकरणका लागि नेपालले केही सुविधा अधिकारकै रूपमा पाउनुपर्ने भट्टराईको भनाइ छ ।
काठमाडौँ — काठमाडौं- भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री वालेन्द्र शाहलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पाँच सुझाव दिएका छन् ।
कान्तिपुर सँग को अन्तर्वार्ताका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल र भारतबीचमा समस्यालाई समष्टिगत ढंगले हल गर्ने गरी संयन्त्र गठन गर्न सकिने प्रस्ताव राख्न भनेका छन् ।
'भारतको चासो सुन्ने र हाम्रा चासो पनि बताएर समष्टिगत रूपमै समस्याको हल गरौं भनेर एउटा संयन्त्र फेरि बनाऔं, यसलाई अघि बढाऔं भन्ने विषय प्रधानमन्त्रीले राख्नैपर्छ । त्यसो नगरेसम्म शंकाले लंका खाएजस्तो हुन्छ', भट्टराईको भनाइ छ ।
नेपालको भारतसँगको व्यापार घाटा थाम्नै नसक्ने गरी चुलिएकाले त्यसलाई न्यूनीकरणका लागि नेपालले केही सुविधा अधिकारकै रूपमा पाउनुपर्ने उनको भनाइ छ । सानो देश र छिमेकी देशको नाताले त्यस्तो सुविधा र अधिकार पाउनुपर्छ भनेर प्रधानमन्त्रीले विषय उठाउँदा राम्रै हुने भट्टराईको भनाइ छ ।
त्यस्तै, थप हवाई मार्ग पाउनुपर्ने विषय, भारतीय कम्पनीहरू तथा भारत सरकारको स्वामित्वमा रहेका कम्पनीहरूले समेत ओगटेर राखेका तर नबनेका आयोजनाहरूलाई तीव्रता दिने विषय र हिमालय महाविपत्तिको पृष्ठभूमिमा नेपाल, भारत र चीनको त्रिपक्षीय समझदारी गरेर अगाडि बढाउने विषयमा भारतसँग संवाद गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
भट्टराईसँगको विस्तृत कुराकानी पढ्नुहोस् - ‘भारतसँगको व्यापार घाटा घटाउँदा मात्रै सही अर्थमा स्वाधीन र सम्पन्न मुलुक बन्न सक्छौं’