२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको आम्दानीसँगै नाफा बढेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ बराबर थियो । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा २.३८ गुणा बढेको छ ।
कम्पनीले पहिलो त्रैमासमा २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ९ करोड २ लाख रुपैयाँ थियो । त्यस्तै वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा पुगेको छ ।
पहिले ९.७९ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा छ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १३०२ रुपैयाँ छ । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो । यो वर्ष लाभांश घोषणा हुन बाँकी छ ।