२९ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २१ प्रतिशत बढेको छ ।
पहिलो त्रैमासमा कम्पनीले ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ४९ करोड ४८ लाख रुपैयाँ थियो । बिक्री आम्दानी सामान्य बढ्नु र वित्तीय खर्च घट्दा कम्पनीको नाफा बढेको हो ।
कम्पनीको बिक्री आम्दानी पहिले ९२ करोड ४६ लाख रुपैयाँ रहेकोमा अहिले ९५ करोड ३८ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय खर्च पहिले १६ करोड ७९ लाख रुपैयाँ रहेकोमा अहिले ११ करोड ६५ लाख रुपैयाँ छ । बैंक ब्याजदर घट्दा कम्पनीले वित्तीय खर्च घटेको हो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा छ । प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीको हाल बजार मूल्य ७२५ रुपैयाँ छ ।