Trending
Prev Story
Next Story

कमजाेर बन्दै सलिकोको वित्तीय अवस्था : नाफा सहितका सूचक नकारात्मक

Arthasansar •
November 16, 2026 • 05:35 AM
3
3 reads 0 reactions

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय...

कमजाेर बन्दै सलिकोको वित्तीय अवस्था : नाफा सहितका सूचक नकारात्मक

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकहरुमा गिरावट देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार असोज मसान्तसम्म २० करोड ९८ लाख ३२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २६ करोड ७३ लाख ७२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद आर्जित बीमाशुल्क पनि घटेको छ । गत वर्षको असोजसम्म ६२ करोड ११ लाख ३४ हजार रुपैयाँ खुद आर्जित बीमाशुल्क संकलन गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५६ करोड ९३ लाख ८३ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ।

त्यसैगरी, लगानी तथा कर्जाबाट हुने आम्दानी ६ करोड ३७ लाख ७८ हजार रुपैयाँबाट घटेर ४ करोड ७ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल आम्दानीसमेत ८४ करोड १९ लाख ८१ हजार रुपैयाँबाट घटेर ७६ करोड ४३ लाख ७८ हजार रुपैयाँमा झरेको छ। कुल आम्दानीमा ९.२२ प्रतिशतको गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ऋणात्मक ४० रुपैयाँ ७८ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ २२ पैसा रहेको छ ।

यता, कम्पनीको कुल खर्चमा भने सामान्य कमी आएको छ । अघिल्लो वर्षको असोजसम्म १ अर्ब १० करोड ९३ लाख ५३ हजार रुपैयाँ रहेको कुल खर्च यस वर्ष १ अर्ब ६ करोड ४१ लाख ३९ हजार रुपैयाँमा झरेको छ । कम्पनीको दाबी भुक्तानीतर्फ हेर्दा गत वर्षको सोही अवधिमा १ अर्ब ८ करोड १६ लाख ६५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्षको असोजसम्म ६७ करोड ३९ लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ र विपत्ति कोष २४ करोड ८१ लाख २० हजार रुपैयाँमा स्थिर रहेको छ । तर, सञ्चित मुनाफा ३७ करोड ७७ लाख ७३ हजार रुपैयाँबाट घटेर १६ करोड ७० लाख ९ हजार रुपैयाँमा झरेको छ । अर्कोतर्फ, बीमा कोष भने ५ अर्ब ३८ करोड ३५ लाख ९० हजार रुपैयाँबाट बढेर ८ अर्ब ८९ करोड ४३ लाख २७ हजार रुपैयाँ पुगेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
22h ago
हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक...

#खुद #नाफा
Compare →
Ekantipur
22h ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#वित्तीय #नाफा
Compare →
Onlinekhabar
22h ago
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २१ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ५९ करोड ९१ लाख रुपैयाँ …

#वित्तीय #नाफा
Compare →
Hamro Patro News
1d ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#खुद #नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612