Trending
Prev Story
Next Story

प्रभु इन्स्योरेन्सको नाफा ६ करोड ६८ लाख पुग्यो, अन्य सूचक कस्ता ?

Arthasansar •
November 16, 2026 • 05:35 AM
3
3 reads 0 reactions

प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।...

प्रभु इन्स्योरेन्सको नाफा ६ करोड ६८ लाख पुग्यो, अन्य सूचक कस्ता ?

प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार उक्त नाफा कमाएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५.८० प्रतिशतले बढाउन सफल भएको देखिन्छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकसम्ममा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा पनि सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासिकमा २४ करोड ३३ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २५.०८ प्रतिशतले वृद्धि गर्दै ३० करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको खुद आर्जित बीमाशुल्क आम्दानीमा अझ राम्रो वृद्धि देखिएको छ । गत वर्षको असोज मसान्तसम्म १२ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ४७.२५ प्रतिशत बढी हो ।

बीमालेख संख्यामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ हजार ५०३ वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३० हजार ९०३ वटा बीमालेख जारी गरेको छ । एक वर्षको अवधिमा कम्पनीले थप ५ हजार ४०० वटा बीमालेख जारी गरेको हो । यता कम्पनीले बीमितलाई गर्ने दाबी भुक्तानी पनि बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ हजार ९९२ वटा दाबीबापत १४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा २ हजार ६८५ वटा दाबीबापत १० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको थियो । यसअनुसार दाबी संख्या र भुक्तानी रकम दुवै बढेका छन् ।

कम्पनीको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ७ अर्ब ४३ करोड ७१ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ८ अर्ब १० करोड ८४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ रहेको छ । त्यस्तै विशेष जगेडा कोषमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ । यो गत आवमा १४ रुपैयाँ ८५ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ११ पैसा ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
21h ago
हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक...

#नाफा #खुद
Compare →
Hamro Patro News
1d ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #खुद
Compare →
Ekantipur
2d ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Nagarik News
21h ago
छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो: प्रभु साह

छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो: प्रभु साह

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय पर्वको रूपमा सिमित गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

#प्रभु
Compare →
Onlinekhabar
22h ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612