Trending
Prev Story
Next Story

साढे २२ प्रतिशतले घट्याे हिमालयन लाइफ नाफा, कस्ता छन् अन्य सूचक ?

Arthasansar •
November 16, 2026 • 05:35 AM
3
3 reads 0 reactions

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले करिब १० करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ...

साढे २२ प्रतिशतले घट्याे हिमालयन लाइफ नाफा, कस्ता छन् अन्य सूचक ?

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले करिब १० करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ करोड ९० लाख रुपैयाँ नाफा कमाएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा २२.५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकसम्ममा कम्पनीले १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानी र खर्च दुवै बढे पनि खर्चको वृद्धिदर आम्दानीको भन्दा बढी देखिएको छ। गत वर्षको पहिलो त्रैमासिकमा ६ अर्ब २ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५२ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । यसअनुसार कम्पनीको कुल आम्दानी ८.२५ प्रतिशतले बढेको छ ।

यता कम्पनीको कुल खर्च भने ९.८६ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो त्रैमासिकमा ५ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बढेर ६ अर्ब ४१ करोड ४९ लाख रुपैयाँ पुगेको छ । आम्दानीको तुलनामा खर्च बढी दरले बढ्दा कम्पनीको खुद नाफामा दबाब परेको देखिन्छ । कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५ अर्ब ३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १६.४२ प्रतिशत बढी हो।

त्यस्तै कम्पनीको जीवन बीमा कोष पनि बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ८० अर्ब ३१ करोड रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ९३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। यसमा १६.११ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि कर्जा तथा लगानीबाट हुने आम्दानीमा भने गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ३५ करोड ९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १ अर्ब २२ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। यो ८.८७ प्रतिशतको गिरावट हो ।

कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) भने गत वर्षको ५ रुपैयाँ ५९ पैसाबाट घटेर ४ रुपैयाँ ३३ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ९१ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
22h ago
हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक...

#नाफा #हिमालयन #साढे
Compare →
Onlinekhabar
23h ago
आम्दानीसँगै बढ्यो हिमालयन डिस्टिलरीको नाफा

आम्दानीसँगै बढ्यो हिमालयन डिस्टिलरीको नाफा

२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड …

#नाफा #हिमालयन
Compare →
Hamro Patro News
54m ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी ...

#नाफा #सूचक
Compare →
Ekantipur
23h ago
हिमालयन डिस्टिलरीको नाफा दुई गुणाभन्दा धेरैले बढ्यो

हिमालयन डिस्टिलरीको नाफा दुई गुणाभन्दा धेरैले बढ्यो

यसअघि कम्पनीले नौ करोड दुई लाख नाफा आर्जन गरेकोमा यसपटक २१ करोड ४९ लाख गरेको हो।

#नाफा #हिमालयन
Compare →

Related Stories

Science & Climate
Build #2612