Trending
Prev Story
Next Story

भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

Arthasansar •
November 16, 2026 • 07:35 AM
3
3 reads 0 reactions

५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी...

भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को प्रारम्भिक मस्यौदामा यस्तो उल्लेख गरिएको हो । उक्त मस्यौदा अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ मा प्रस्तावित परिवर्तनअनुसार कम्तीमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका र धितोपत्र निष्कासनका अन्य आवश्यक सर्त पूरा गरेका जलविद्युत् आयोजनाले आईपीओ निष्कासनका लागि आवेदन दिन सक्नेछन् ।

मस्यौदामा भनिएको छ– निर्माणाधीन जलविद्युत् आयोजना सञ्चालन गर्ने सङ्गठित संस्थाले आयोजनाको प्रमाणित भौतिक प्रगति कम्तीमा ५० प्रतिशत पूरा  गरेको र धितोपत्र सार्वजनिक निष्कासनसम्बन्धी अन्य आवश्यक सर्त पूरा गरेको अवस्थामा व्यापारिक उत्पादन प्रारम्भ नभएको कारणले मात्र त्यस्तो संस्थाको सार्वजनिक निष्कासनको निवेदन अस्वीकार गरिने छैन ।

यसरी आईपीओ निष्काशन गर्नका लागि जलविद्युत आयोजनाको भौतिक प्रगति स्वतन्त्र प्राविधिक मूल्याङ्कनकर्ताबाट प्रमाणित हुनुपर्नेछ । आयोजनाको कुल लागत, सम्पन्न हुन बाँकी कार्य, आवश्यक थप लगानी तथा वित्तीय स्रोतको सुनिश्चितता भएको, आयोजना निर्माणको प्रगति, सम्भावित ढिलाइ, लागत वृद्धि तथा अन्य प्रमुख जोखिम विवरण पत्रमा स्पष्ट उल्लेख भएको, विद्युत् खरिद सम्झौता, उत्पादन अनुमतिपत्र तथा अन्य आवश्यक नियामकीय स्वीकृतिको अवस्था खुलाइएको र सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोगसम्बन्धी स्पष्ट योजना भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै, आयोजनाको निर्माण सम्पन्न हुने अनुमानित अवधि तथा व्यापारिक उत्पादन प्रारम्भ हुने सम्भावित समय खुलाउनुपर्नेछ भने सार्वजनिक निष्कासनबाट प्राप्त रकम आयोजनाको स्वीकृत प्रयोजनमा उपयोग हुने सुनिश्चितता भएको र  बोर्डले लगानीकर्ता संरक्षणका लागि निर्धारण गरेका अन्य मापदण्ड पूरा भएको हुनुपर्ने मस्यौदामा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
22h ago
५० प्रतिशत निर्माण भएपछि मात्रै जलविद्युत् आयोजनाले  आईपीओ जारी गर्न सक्ने

५० प्रतिशत निर्माण भएपछि मात्रै जलविद्युत् आयोजनाले आईपीओ जारी गर्न सक्ने

५० प्रतिशत निर्माण भएपछि मात्रै जलविद्युत् आयोजनाले आईपीओ जारी गर्न सक्ने लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । कार्तिक...

#जलविद्युत् #आयोजना #आईपीओ
Compare →
Nagarik News
1d ago
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ।

#जलविद्युत् #आयोजना
Compare →
Ekantipur
25m ago
कान्तिपुर फर्मास्युटिकल्सको मंसिर १०बाट आईपीओ, कस्तो छ कम्पनी ?

कान्तिपुर फर्मास्युटिकल्सको मंसिर १०बाट आईपीओ, कस्तो छ कम्पनी ?

आईपीओ जारी गरेर उठेको पैसा ऋण भुक्तानी र मेसिन खरिदको लागि प्रयोग गर्ने उल्लेख छ ।

#आईपीओ
Compare →
Onlinekhabar
2d ago
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक, काठमाडौं । रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति …

#आयोजना
Compare →
Bizshala
3d ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत्
Compare →

Related Stories

Business & Economy
Build #2612