Trending
Prev Story
Next Story

देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

Bizshala •
November 24, 2026 • 10:06 AM
2
2 reads 0 reactions

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम...

देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको प्रशंसा गर्दै सामाजिक सञ्जालमा विशेष सन्देश सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री शाहले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफूसहित अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालको संयुक्त तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश उभो लगाउने टोली’ को संज्ञा दिएका हुन्।

उनले तस्बिरसँगै लेखेका छन्, ‘देश उभो लगाउने टोली । निकै मिहिनेती मान्छेहरू।’

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको तस्बिर सोमबार दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा विमानभित्र खिचिएको बताइएको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल विभिन्न उच्चस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा सहभागी भएका थिए।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र आपसी हितका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले भ्रमणमा सँगै रहेका दुई मन्त्रीको प्रशंसा गर्दै सार्वजनिक गरेको सन्देशलाई सरकारको नेतृत्व तहमा आपसी सहकार्य र सामूहिक प्रयासप्रति जोड दिएको अभिव्यक्तिका रूपमा लिन सकिन्छ।

यद्यपि, प्रधानमन्त्रीले आफ्नो पोस्टमा भारत भ्रमणका उपलब्धि वा आगामी कार्ययोजनाबारे थप विवरण उल्लेख गरेका छैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
बालेनले सार्वजनिक गरे देश उभो लगाउने टोली

बालेनले सार्वजनिक गरे देश उभो लगाउने टोली

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देश बनाउने टोलीपछि देश उभो लगाउने अर्को टोली सार्वजनिक गरेका छन् । बालेनले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित आफ्नो त...

#बालेन-शाह #उभो #लगाउने
Compare →
Arthasansar
3h ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
6h ago
‘अप्ठेरा विषय पन्छाइयो’

‘अप्ठेरा विषय पन्छाइयो’

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण विकास सहयोग, ऊर्जा र पूर्वाधारमा ठोस घोषणासहित सकिएको छ।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
24m ago
नेपाल–भारत सम्बन्धको कार्पेट धेरै फोहोर भइसक्यो : दीपकुमार उपाध्याय

नेपाल–भारत सम्बन्धको कार्पेट धेरै फोहोर भइसक्यो : दीपकुमार उपाध्याय

कान्तिपुरसँगको अन्तर्वार्तामा पूर्वराजदूत दीपकुमार उपाध्यायले द्विपक्षीय सहमति कार्यान्वयन नहुने, कूटनीतिक नोटको जवाफ नआउने र जलस्रोतका आयोजना वर्षौंदेखि अल्झिने समस्या समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन् ।

#भारत #भ्रमण
Compare →

Related Stories

Business & Economy
Build #2621