Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

Ekantipur •
November 24, 2026 • 01:03 AM
3
3 reads 0 reactions

परराष्ट्र मामिला अनुसन्धाता अजयभद्र खनालले आठ समझदारी, हवाई रुट, पञ्चेश्वर आयोजना र आर्थिक सहयोगलाई प्रमुख उपलब्धि मानेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण 'हिट' : अजयभद्र खनाल

परराष्ट्र मामिला अनुसन्धाता अजयभद्र खनालले आठ समझदारी, हवाई रुट, पञ्चेश्वर आयोजना र आर्थिक सहयोगलाई प्रमुख उपलब्धि मानेका छन्।

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमण कस्तो रह्यो? भारतसँगको सम्बन्ध सुधारमा भ्रमणले उल्लेखनीय भूमिका खेलेको प्रतिक्रिया सार्वजनिक भएका छन्। परराष्ट्र मामिला अनुसन्धाता अजयभद्र खनालले छोटो तयारीका बाबजुद भ्रमणबाट नेपालले पर्याप्त उपलब्धि हासिल गरेको बताएका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई 'हिट' मान्नुपर्ने पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकारसमेत रहिसकेका खनालको भनाइ छ।

​कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा रूपेश श्रेष्ठसँग कुरा गर्दै खनालले अझै धेरै काम बाँकी रहेकाले कूटनीतिक संवादको निरन्तरता र विद्यमान संयन्त्रहरूको सक्रियतामार्फत प्राप्त उपलब्धिलाई परिणाममुखी बनाउनुपर्ने धारणा राखे।

​'सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी'का अनुसन्धान निर्देशक खनालले भारतसँग भएका आठवटा समझदारी, भैरहवा-लखनउ हवाई रुट दुईतर्फी बनाउन भारत सहमत हुनु, पञ्चेश्वर बहुद्देशीय परियोजनाको डीपीआर तयार गर्ने निर्देशन तथा २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोगजस्ता विषय सकारात्मक भएको बताए।

​काठमाडौँ महानगरपालिकाको मेयर छँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएर भारतविरोधी छवि बनाएका शाहले प्रधानमन्त्री भएपछि केही समयसम्म वैदेशिक भ्रमण नै नगर्ने बताउँदै आएका थिए। तर, यहीबीचमा भारतको औपचारिक भ्रमण गर्ने निर्णय हुनुलाई खनालले कूटनीतिक यथार्थको स्वीकारोक्तिका रूपमा अर्थ्याए। नेपालमा भारतविरोधी देखिएर जनमत कमाउने परिपाटी रहेको तर सरकारमा आएपछि कूटनीतिक यथार्थ फरक हुने गरेको उल्लेख गर्दै उनले भने, "अहिले चाहिँ कूटनीतिक यथार्थले जितेको हो कि जस्तो मलाई लाग्छ।"

​हेरौँ, फायरसाइडमा खनालसँगको पूरा अन्तर्वार्ता:

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबिचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहका...

#भ्रमण #खनाल #भारत
Compare →
Arthasansar
14h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Nagarik News
21h ago
प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

नेपाल र भारतबिच भौगोलिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहिआएको छ।

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
8h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2621