Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

Ekantipur •
November 23, 2026 • 02:33 PM
3
3 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री शिशिर खनालले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री शिशिर खनालले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन् ।

प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री खनालले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले प्रधानमन्त्रीको दुईदिने राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित प्रवर्द्धन, आर्थिक वृद्धि, विकास र समृद्धिलाई केन्द्रमा राखेर सम्पन्न भएको बताए ।

भारतसँगको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने विषय भ्रमणको मुख्य प्राथमिकतामा रहेको समेत उनले बताए । भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने सरकारको विश्वास रहेको पनि मन्त्री खनालले बताए ।

उनले भने, ‘वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ । मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौँ पुरानो घनिष्ठ बहुआयामिक सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबुत बनाई दुवै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो । साथै लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ ।’

उनले भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै आगामी दिनमा समेत परिणाममुखी उपलब्धि हासिल गर्ने आधार तयार पारेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
40m ago
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल: नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल: नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन्। प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष...

#खनाल #भारत #प्रधानमन्त्रीको
Compare →
Nagarik News
51m ago
नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाएको बताएको छ।

#भारत #परराष्ट्रमन्त्री #खनाल
Compare →
Bizshala
8h ago
नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)ले दुई देशबीच...

#भारत #शाह
Compare →
Arthasansar
3h ago
पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

#भारत #सम्बन्ध
Compare →

Related Stories

Politics & Governance
Build #2612