Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ : परराष्ट्रमन्त्री खनाल

Ekantipur •
November 23, 2026 • 03:02 PM
3
3 reads 0 reactions

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणबारे ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक बनेको बताएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ : परराष्ट्रमन्त्री खनाल

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणबारे ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक बनेको बताएका हुन् ।

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण बहुआयामिक हिसाबले सफल र उपलब्धिमूलक भएको बताएका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीबीच दुई देशबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाललगायतका महत्त्वपूर्ण विषयमा सहमति भएका छन् । परराष्ट्रमन्त्री खनालले भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको बताए ।

आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने उनले जानकारी दिए । उनले दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेको समेत जानकारी दिए । मन्त्री खनालले प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षणलाई अन्तिम रूप दिनुका साथै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि समेत दुवै देशले सहकार्य गर्ने सहमति भएको बताए ।

उनले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन र सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन तीव्र पार्न दुवै पक्ष सहमत भएको समेत जानकारी दिए ।

उनका अनुसार इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् । मन्त्री खनालले भ्रमणका क्रममा भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आईसीपी निर्माणलाई तीव्रता दिनुका साथै भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको समेत उद्घाटन गरिएको बताए ।

त्यसैगरी भ्रमणका क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको तथा झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको समेत मन्त्री खनालले जानकारी दिए । उनका अनुसार काठमाडौं–भैरहवा–लखनउ दुईतर्फी हवाई सञ्चालनका लागि समेत भारत सहमत भएको छ ।

उनले प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा नेपालको बहुआयामिक विकासमा सहकार्यका लागि कोशेढुंगा भएको विश्वास व्यक्त गरे । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल: नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल: नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन्। प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष...

#भारत #परराष्ट्रमन्त्री #प्रधानमन्त्रीको
Compare →
Nagarik News
1h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

प्रधानमन्त्री शाहको भारत भ्रमणको नेपाल र भारत दुवैतिर चर्चा : कसले के भने ?

उनको भ्रमणलाई लिएर नेपाल र भारत दुवैतिर चर्चा भएको छ। दुवै देशका विभिन्न राजनीतिक नेता तथा कूटनीतिज्ञले भ्रमणबारे फरक-फरक प्रतिक्रिया दिएका छन्।

#शाह #भारत #भ्रमण
Compare →
Arthasansar
5h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भारत #प्रधानमन्त्रीको #भ्रमण
Compare →
Bizshala
9h ago
नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)ले दुई देशबीच...

#शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612