Trending
Prev Story
Next Story

भारतको दुईदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

Nagarik News •
November 23, 2026 • 01:40 PM
14
14 reads 0 reactions

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन्।

भारतको दुईदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरेका थिए।

यस अगाडि प्रधानमन्त्री शाहलाई  इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरेका थिए।

सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए।

भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषयमा आठ वटा समझदारी भएका थिए।

प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए।

प्रकाशित: ७ मंसिर २०८३ १९:२५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
22h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत #भ्रमण #दुईदिने
Compare →
Ekantipur
1d ago
दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री वालेन्द्र शाह

दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री वालेन्द्र शाह

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए ।

#भ्रमण #शाह #भारत
Compare →
Hamro Patro News
17h ago
प्रधानमन्त्री  शाहको भारत भ्रमणका क्रममा :  दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, पेट्रोलियम र यातायात क्षेत्रका ६ परियोजनासम्बन्धी काम अघि बढेको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र म...

#भारत #भ्रमण #शाह
Compare →
Arthasansar
9h ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2621